भाईराम चौलागाई
१० जनवरी कुवैत सिटी। नेपाली महिला राष्ट्रिय टीम जनवरी १२ र १४ तारिख कुवेतसिटीमा हुने कुवैत विरुद्धको मैत्रीपूर्ण फुट्बल खेलको लागि शुक्रबार बिहान ९ बजे एयर अरबिया को बिमान बाट सारजाह हुदै कुवैत आउदै छन्। टिममा २० खेलाडीहरु जमुना गुरुङ्,अनु लामा,अन्जली वाइबा,सृजना राना,निरु थापा,दिपा अधिकारि, धिम कुमारी गुरुङ्, उशा भण्डारी,चन्द्रा भण्डारी भगवती थापा,कृष्णा खत्री,प्रमिला राइ,यशोदा लामा,लक्ष्मी पौडेल, रिना गुबाजु,टुलसा सिंह,निशा बोहरा, चन्द्रा देवी दाहाल्,नमिता दलि,लीला ला।म्गाडे र प्रशिक्षकमा कुमार कटुवाल र सन्तोष बानिया रहेका छन्। टोलीले जनवरी १२ र १४ मा कुवैत विरुद्ध मैत्रीपूर्ण फुट्बल खेल खेल्नेछ। टीमले नियमित कप्तान जमुना गुरुङ को साथ भने पाउनेछैन।चोटका कारण खेल्न नसकेपनि उनि टीममा समाबेश छिन्।
खाडी न्युज संग कुरा गर्दै माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतका अध्यक्ष धर्म राज गिरीले नेपाली चेलीहरुको स्वागतको लागि बिमान स्थलमा जान सबै संघ सस्था का प्रतिनिधि र प्रबाशी नेपाली हरुलाई अनुरोध गर्नु भएको छ।
उच्च मनोबलका साथ कुवैत आउदै गरेको राष्ट्रिय महिला फुटवल टीम स्पष्ट जितका लागी मैदानमा उत्रिने प्रशिक्षकको दाबी रहेको हाम्रा सहयोगी बिक्रम थापाले टेलिफोन सम्पर्कमा बताउनु भयो। खाडी न्युजको तर्फ बाट नेपाली राष्ट्रिय महिला फुटवल टीम लाई सफलताको अग्रिम शुभकामना।
No comments:
Post a Comment