घनस्याम पराजुली (कृष्ण), दोहा – कतार – अल एवल टे«डिङ्ग तथा कन्ट्याक्टिङ्ग कम्पनिको मताहतमा रहको कामदार र प्रबन्धक विचको साझा संस्था एवल कल्याण्कारी समुहको आयोजनामा दोहाको आवुहम्मर स्थित आई.सि.सि. अशोका हलमा नयाँ बर्ष २०१३ सालको अवसरमा आयोजित साँस्कृतिक तथा वार्षिकोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
कम्पनिका महाप्रबंधक शिद्धिक पुराईलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भारतिय दुतावसका सचिव पि.एस. शशिकुमार हुनुहुन्थ्यो भने व्यवस्थापकहरु जावर ई.के.,योशुफ पुराईल , सुवेईर पुराईल , नजुमुदिन ई.के., मुजिव रहिमान ई.के. , मोहमद के.पि. लगायत कम्पनिमा कार्यरत ५०० भन्दा बढि कामदारहरुको उपस्थिती रहेको थियो । उक्त समुहद्धारा व्यबस्थापक पक्ष र कामदार विचको सम्बन्ध प्रगाढ बनाउने उद्धेश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको थियो भने नेपाली तथा भारतिय कामदारहरुले मनोरन्जनात्मक साँस्कृतिक गतिविधिहरु देखाएका थिए । प्रमुख अतिथिको आशनबाट शशिकुमारले व्यवस्थापक र कामदार विच गरिएको यो कार्यक्रम वास्तवमै सराहनीय रहेको साथै यस्ता कार्यक्रमबाट कामदारहरुलाई आफ्नो काम प्रति बढि प्रोत्साहित गर्ने तथा व्यवस्थापन र कामदार विचको सम्बन्ध प्रगााढ रहने बताउदै नयाँ बर्ष २०१३को शुभकामना दिनुभयो । कम्पनिका महाप्रबंधक शिद्धिक पुराईलले कामदारहरुको मेहनत प्रति खुसि प्रकट गर्दै आज यस ठाउ सम्म पुग्नुको सम्पुर्ण श्रेय तिनै लगनशिल कामदार भएको र भोलीका दिनमा पनि यस्तै सम्बन्ध कायम राखि अघाडि बढ्ने जनाउदै नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो । अखिला राओले सन्चालन गरेको कार्यक्रममा मार्केटिङ्ग म्यानेजर बशिर तिवारिकलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नयाँ वर्षको शुभकामना आदान प्रदान लगायत कम्पनिको कार्यप्रगति विवरण र २०१३ सालको कार्ययोजना प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बर्षकै सर्वोकृष्ट कामदारको पुरस्कार रुपन्देहिका अलि हुसेन दुनियाले रु ३ लाख ६० हजारको नगद पुरस्कार पाएका छन । हुसेन विगत ३ बर्ष देखि उक्त कम्पनिमा अटो मेकानिकमा कार्यरत छन । कम्पनिमा कार्यरत ५०० भन्दा बढि कामदारहरु मध्ये हरेक विभागबाट १÷ १ जना गरि ८ जना वर्षका सर्वोकृष्ट कामदारको रुपमा मनोनित भएका थिए भने उक्त मनोनित कामदारहरु मध्ये चुनावि प्रकृयाद्धारा बर्षकै सर्वोकृष्ट कामदारको चयन गरिएको थियो साथै उक्त कार्यक्रममा अन्य कामदारहरुलाई पनि सामान्य पुरस्कारद्धारा सम्मानित गरिएको थियो ।
गत ८ जुलाई २०१२ का दिन सडक दुर्घटना परि सक्त घाईते बनेका तेर्हथुमका दुर्गा बहादुर दर्जिलाई रु २ लाख ४० हजार ९ सय चौरानब्बे नगद सहयोग हस्तान्तरण गरिएको छ ।उक्त रकम सोहि कम्पनिमा कार्यरत कामदारहरुबाट संकलन गरिएको थियो साथै कम्पनिका महाप्रबंधक शिद्धिक पुराईलले कम्पनिको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । रोजगारिको शिलशिलामा विगत २ बर्ष अघाडि सामान्य कामदारको रुपमा कतार आएका उनलाई सडकमा काम गर्ने क्रममा पछाडिबाट कारले ठक्कर दिएको थियो । दुघटना लगतै हमद हस्पिटल पुर्याईएका उनि ३ महिनाको उपचार पछि र्फकेका थिए । टाउकोमा गहिरो चोट लागेकोले उनको स्मरण शक्ति भने नाजुक रहेको छ । काममा जान सक्ने अबस्था नभएता पनि कम्पनिले गरेको हरेक व्यवहार प्रति सन्तुष्टि देखिन्छन भने बिमा कम्पनीबाट पाउनु पर्ने सुबिधाको लागि समय लाग्ने भएकाले केहि महिना उनि कतार बस्नु पर्ने नै हुन्छ ।
No comments:
Post a Comment