भाईराम चौलागाई
.jpg)
१५जनवरी कुवैत सिटी । सुनौलो सपना बोकेर घरेलु कामका लागि ३.२.२१२ मा कुवैत आएकी दिल माया तामांग मोक्तान आएको २ दिनमै घरमालिक को कुटाई बाट हात नचल्ने हुदा बिगत ११ महिना देखि कुवेतको फरवानियाअस्पतालमा उपचार गराई रहेकी थिइन् उनि आज बेलुका नेपाल फर्किदै छिन्। मनभरी बेदनाको पोको बोकेर !!! राम्रो आय आर्जन गरेर आफ्नो र आफ्नो परिवारको उजज्ल भबिस्य बनाउने उनको सपना सपनामै सिमित रह्यो जब उनीलाई आएको दोश्रो दिन घर मालिकले कुटपिट गरि घाइते बनायो कुटपिट बाट उनि बेहोस भएकी थिइन् आफ्नो होस् खुल्दा उनीले आफुलाई अस्पताल मा पाइन्। कुटपिट बाट उनको हातमा गहिरो चोट लागेको कारण उनको हात नै चलेन र लामो समय उपचार गराउनु पर्यो। उनि लाई कुवैतका नेपाली संघ सास्था हरु नेपालकुवेत म्यानपावर एसोसियसनका तर्फ बाट ५१०००(एकाउन्न हजार) नेपाली रुपैया ,निजलाई भिसा दिएको म्यानपावर जाबरह हुसेन के अल खालिद कुवैत का दिनेश परियार र श्रमती शुसीला पुरीले ५१०००(एकाउन्न हजार) र नेपाल तामाङ घेदुङ कुवेतका तर्फ बाट ५१०००(एकाउन्न हजार) सहयोग गरेका थिए।
No comments:
Post a Comment