१५ जनवरी कुवैत आगामी शुक्रबार १८.०१.२०१३ तारिक प्रवासी मेचि महाकाली एकता समुह कुवेतले महाबुल्ला स्थित लतिफा टावर अगाडिको मैदानमा अन्तर नेपाली नक आउट फुटबल प्रतियोगिता हुने आयोजक मेचि महाकाली एकता समुह कुवेतले बताएको छ। शुक्रबार बिहानको ७ बजे बिधिबत उद्घाटन गरि प्रतियोगिता सुरुहुने छ। सम्पुर्ण कुवेतका नेपाली संघ सस्था र खेल प्रेमी दर्शकहरूलाइ यसै समाचार मार्फत निमन्त्रणा दिएको जानकारी प्रवासी मेचि महाकाली एकता समुह कुवेतका अध्यक्षले जानकारी गराएको छन। प्रवासी मेचि महाकाली एकता समुह कुवेतले आफ्नो पहिलो बार्षिक उत्सवको अबसरमा प्रतियोगिता आयजोना गरेको हो।यस खेल लाई दुइ वर्ष देखी चर्चामा रहेको नेपालमा पैसा पठाउन ज्यादैनै सहुलियत दर रहेको पैसाको रेटपनि राम्रो दिने,र नेपालि हरुको लागि पैसा पठाउदा राम्रो कलम चाबी राख्ने रिंग, मनी वलिट, स्किम स्वरूप दिएकोछ । ढुक्क भएर पैसा पठाउन पाइने कुवेत भरि आठ वटा शाखा समेत रहेको लुलु एक्सचेन्जले प्रायोजन गर्ने जानकारी आयोजकले गराएको छ । अन्तर नेपाली नक आउट फुटबल प्रतियोगितामा भाग लिएका टिमहरू यस प्रकार रहेका छन् । आयोजक टिम युनिक नेपाल , त्यसै गरि स्विडिस नेपाल, नेपाल फुटबल क्लव, के.पि.टि.सि., नेशनल खरावि,अलघानिम,प्रवासि नेपाल र द टाइगर टिमले टिम दर्ता गराएको आयोजकले जानकारी दिएको छ। त्यसैगरी टाइसीट यसप्रकार रहेकोछ
पोल “ए” युनिकनेपाल विरुद्ध स्विडिस नेपाल र नेपाल फुटबल क्लव विरुद्ध के.पि.टि.सि रहको छ। त्यसै गरि पोल “बि” नेसनल खराबी विरुद्ध अल्घानिम र प्रबासी नेपाल विरुद्ध द टाइगर सेमिफाइनल पोल”ए’को पोल”ए”सगै र पोल “बि”को पोल “बि” सगै हुनेकुरा आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिता सम्बन्धी नियमावलीहरु:
१.जम्मा खेलाडी ९+३ गरि १२ जनाको हुनुपर्ने छ।
२.खेल अवधिभर खेलडीलाइ चोट पटक लागेमा स्वयं आफै जिम्मेवारी हुनुपर्ने छ।
३.खेल जम्मा २०+२५ र रेष्ट समय गरि जम्मा ५० मिनेटको हुनु पर्ने छ।
४.खेल अवधिमा रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ । कसैले पनि रेफ्रिको आदेश तथा निर्णयलाई उल्लङ्घन गर्न पाइने छैन ।
५. प्रतेक टिमबाट एक एक जना पोल जज चाहिने छ।
६.समय अवधिभरिमा गोल बराबरी भएमा ५+५ ( १० मिनेट ) र यदि समयको अभाव भएमा सिदै पेनाल्टी सुट हानिने छ।
७.खेल अवधिमा यदी कुनै खेलाडिले रेफ्रिलाई अपशब्द प्रयोग गरेको खण्डमा उक्त खेलाडिलाई सिधै रेड कार्ड प्रदान गरिने छ भने रेड कार्ड पाएका कुनै पनि खेलाडिले अर्को एउटा खेल खेल्न पाईने छैन ।
८.फल हेरि कार्डको व्यवस्था पनि रहेको छ।
९.सम्पूर्ण खेलाडी तथा टिम म्यानेजरहरुले आ-आफ्नो पासपोर्ट या सिभिल आई.डी. को फोटोकपी आयोजकलाई बुझाउनु पर्नेछ ।
१०.प्रत्येक टिमका खेलाडिहरुले आफ्नो टिमको जर्सी अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
११ .कुनै पनी खेलाडीलाई यदी २ समुहमा नाम दर्ता गराईएको पाईएमा उक्त खेलाडिलाई कुनै पनि समुहबाट खेलमा समावेश गराईने छैन र कुनै पनि समुहका खेलाडीलाई एक समुहबाट अर्को समुहमा खेल्न मनाही गरिएको छ ।
१२.खेलको प्रतिश्पर्धामा भबितब्य पर्न गई घट्न सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यबहार प्रति टिम मेनेजर र टिम क्याप्टेन स्वयं उत्तरदायी हुनु पर्नेछ ।
१३.कुनै पनि खेलाडिले मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई पुरा टुर्नामेण्टबाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कार्वाहीको लागि कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक समिति वाध्य हुनेछ ।
१४.कुनै पनि टिमका खेलाडी या टिम सपोर्टरहरुले मादक पदार्थ सेवन गरी वा नगरी प्रतियोगिताको नियम बिपरित गई होहल्ला, अशान्ति र उछ्रिङ्खल गतिविधिहरु गरी खेललाई असर गरेको खण्डमा उक्त व्यक्तिलाई तुरुन्त कुवेतको सुरक्षा निकायलाई जिम्मा लगाई कानुन बमोजिमको कार्वाहीको लागि पहल गर्न आयोजक समिति वाध्य हुनेछ ।
पुरस्कार: बिजेता र उपबिजेता टिमहरुलाई खसी, र प्रमाण-पत्रले पुरस्कृत गरिने छ । यस्तै, अनुशासित टिम, उत्कृष्ट खेलाडी लाइ पनि प्रमाण-पत्रले पुरस्कृत गरिने छ भने अंपायरहरुलाई प्रमाणप्रत्रले पुरस्कृत गरिने छ।a
No comments:
Post a Comment