Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 15, 2013

ए डिभिजन लिग फुटबलमा थ्रीस्टारद्वारा पुलिस पराजित

२ माघ, काठमाण्डौ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले आफ्नो उपाधी दाबेदारी बलियो वनाएको छ । मंगलवार त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको खेलमा डिफेन्डिङ च्याम्पिएन नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ वरावरीमा टुंगिएपनि खेलको ४७ औँ मिनेटमा इब्राहिमले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । अर्को गोल भने भिक्टोरले प्रहार गरेको बल क्लिएर गर्ने क्रममा पुलिसका सुमन सुवेदीले आत्मघाती गोल गरे पछि थ्रीस्टाले २-० को अग्रता लियो । खेलअवधिभर आक्रमण शैलीमा उत्रिएको थ्रीस्टारले गोल गर्ने थुप्रै मौका गुमाएको थियो । पुलिसले पनि गोल गर्ने केही आकर्षक मौका पाएपनि त्यसको सदुपयोग गर्न सकेन ।

जितसंगै महत्वपूर्ण ३ अंक जोड्दै थ्रीस्टार २९ अंककासाथ पहिलो स्थानमा उक्लिएको छ भने लिगमा २६-२६ अंक जोडेका आरसीटी र मच्छिन्द्र क्लबसंगको ३ अंकको स्पष्ट दूरी कायम गरेको छ । पुलिस भने हारसंगै १९ अंकका साथ लिग तालिकाको नबौँ स्थानमा यथावत छ भने शीर्ष ८ मा पर्ने सम्भावना पनि कठिन भएको छ । यस्तै अर्को खेलमा हिमालयन शेर्पाले जाउलाखेललाई २-१ गोल अन्तले पराजित गरेको छ । खेलको सुरुवाती ५ औँ र २९ औँ मिनेटमा गोल गर्दै धिरज तामाङले शेर्पालाई जित दिलाए । शेर्पाले दुबै गोल पहिलो हाफमै गरेको थियो । पहिलो हाफमा नै दुई गोल खाएको जाउलाखेलका लागि खेलको ५२ औँ मिनेटमा थोमसले गोल सान्तोना गोल फर्काएपनि त्यो जितका लागि प्रायप्त भएन । जितसंगै १६ अंकका साथ लिग तालिकाको ११ औँ स्थानमा उक्लिएको छ भने जाउलाखेल १४ अंककासाथ रेलिगेशन जोनभन्दा मात्रै एक स्थानमाथि १३ औँ स्थानमा झरेको छ ।

No comments: