Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 15, 2013

सिर्जनशील फुटवल कप २०६९ को उपाधि स्याङ्गजा चापाकोटको कब्जामा


प्रेमकान्छा मगर
माघ २ रामपुर पाल्पा। पाल्पाको रामपुरमा चलेको सिर्जनशील फुटवल कप २०६९ को उपाधि चापाकोट खेलकुद बिकास समिति स्याङ्गजाले हात पारेको छ । पाल्पा जिल्लाको पुर्व क्षेत्रमा पहिलो पटक ठुलो राशी मुल्यको पुरस्कार रहेको प्रतियोगिताको आजको फाइनलमा चापाकोट खेलकुद बिकास समितिले पाल्पाको सिज नेपाल युवा क्लब दर्छालाई पछि पार्दै उपाधि चुमेको हो । खेलको पहिलो हापमा नै २ गोल गरेको चापाकोट खेलकुद बिकास समिति अन्ततः खेलमा बिजयी नै साबित भयो । गोल फर्काउन निरन्तर मैदानमा जोड दिएको सिज नेपाल दर्छाको टोलीले दोस्रो हापको समय सकिन केही मिनेट हुदाँ १ गोल फर्काउन सफल भयो । बिजेतासँगै चापाकोट खेलकुद बिकास समितिले नगद ५० हजार प्राप्त गरेको छ भने उपबिजेता भएको सिज नेपाल दर्छाले नगद ३० हजार प्राप्त गरेको छ । बिजेता पुरस्कार नेपाली कागंं्रेसका महाधिबेसन प्रतिनिधि तथा स्थानिय समाजसेबी रमण थापाले सहयाग गर्नुभएको हो । उपबिजेता पुरस्कार महेश थापाले सहयोग गर्नुभएको आयोजक सिर्जनशील युवा समाजका सचिब ईश्वर अधिकारीले जानकारी दिनुभयो । पुस २५ गतेदेखि शुरु भएको प्रतियोगितामा पाल्पा र स्याङ्गजा जिल्लाका गरी १२ टिमले भाग लिएका थिए ।

No comments: