Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 8, 2013

क्यानडा र अमेरिकामा चल्ने ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर


गोपी कृष्ण काफले 
५ जनवरी ब्राम्टन, टोरन्टो (क्यानडा), नेपालको  पर्यटन लाई प्रबर्धन गर्ने उद्धेश्यले  एन आर एन क्यानडा को अग्रसरतामा क्यानडा र अमेरिकाका दुताबास,  दुबै  देश का एन आर एन तथा टोरंटो का ६ वटा सस्था ( , एनसिएनसी,एनसीसीएस  मगर संघ,  जनजाति ,नेवा गुठी र लालीगुराँस युवा क्लब)को सहयोग मा करीब ४५०$ लगानी गरी  क्यानडा र अमेरिकामा चल्ने  ट्रकमा नेपाल झल्काउने विभिन्न तस्बिर अंकित गरी नया कार्यको सुरुवात गरिएको छ । राप्ती ट्रांसपोर्ट को तर्फ बाट क्यानाडामा बसने  संचालक नर बहादुर टंडन को  ५३ फिट लामो  १८ पांग्रे ट्रकको तीन  भागमा पशुपतिनाथ मन्दिर, फेवातल मा माछापुछ्रे  को दृश्य , गैंडा, बाघ, ताल, जंगल सर्वोच्च शिखर सगरमाथा, ठूलो अक्षरमा नेपाल, अमेरिका, नेपाल र क्यानडाको झन्डा, बौद्ध गुम्मा, गौतम बुद्ध र हिमालय शृंखलाका  तस्बिर राखिएक छन्। ट्रकमा वाटरप्रुफ ब्यानर राखिएको छ। यसको आयु पाँच वर्षको  हुन्छ। कार्यक्रम का प्रमुख अतिथि अबैतनिक नेपाली महाबाणिज्य  दूत   डा .कुंजर शर्माले कार्यक्रम मा पानस मा बत्ती बालेर उद्घाटन गर्नुभयो  I  आफ्नो मंत्यब्यको क्रम मा एन आर एन ले एउटा राम्रो कम को शुरुवात गरेको बताउनु भयो I एन आर एन क्यानाडा का महासचिब गोपीकृष्ण काफले र बुद्दिसागर बस्याल ले सञ्चालन तथा एन आर एन  क्यानाडा का उपाअध्यक्ष गोपाल भंडारी को सभापतित्व मा सम्पन्न उक्त कार्यक्रम एन आर एन ए  का केन्द्रीय सदस्य नवराज गुरुंग ले ट्रक मा रिवन काटेर लोकार्पण गर्नु भएको थियो I नेपाली राजदूत डा,भोजराज घिमिरे को शुभकामना पत्र महासचिब  गोपी कृष्ण काफले ले पढेर सुनाउनु भएको थियो I   ट्रक परियोजना का संयोजक तथा एन आर एन क्यानाडा का सचिब तुलसी सापकोटाले  धेरै मेहनत पछि मात्र यो कार्य सम्पन्न भएको जानकारी गराउनु भएको थियो स्मरण रहोस यो कार्य सम्पन्न गर्न बुद्दिसागर बस्याल र बिज्ञान त्रिपाठी को धेरै मेहनत परेको थियो I टोरंटो का 6 वटा सहयोगी सस्थाका तर्फ बाट क्रमश एनसी एनसी का अध्यछय  बालचंद्र श्रेष्ठ ,एनसी सीएस का अध्यछय रमेश परसाई ,नेवागुठी का अध्यछय प्रकाशलाल  प्रधान,मगर संघ महासचिब रमेश रना जनजाति का आंगबरु  शेर्पा   लाली गुरास का दिनेश खतिवडा ले बोल्नु भएको थियो I शुभेच्छुक हरुले पनि आ आफ्ना मन्तब्य राख्नु भएको थियो तेसरी मन्तब्य राख्ने मा एन आर एन क्यानाडा का केंद्रीय सदस्य  मोहन अर्याल , एन आर एन को मेंटरशीप का सह संयोजक डा, तुलसी धरेल एन सी एच  सी का अनजनी भट्टराई  ट्रक का संचालक टंडन की धर्म पत्नी अमृता टंडन लगायत का बकता हुनुहुन्थ्यो I बिगत मा जस्तै  एन आर एन ले यो र  यस्तै कार्क्रम लाइ जोड़ दिने कुरा सभाका सभापति गोपाल भंडारी ले बताउनु भयो । यो ट्रक अमेरिकाका ४६ र क्यानडाका १० राज्यमा पुग्ने गर्छ  I अमेरिकामा यस्तै छुट्टै कार्यक्रम गारी लोकार्पण गरिनेछ  I  प्रजापती शर्मा को भुखारा  रेस्टूरेंट बाट  जलपानको  ब्यबस्था गरिएको  थियो I     ( फोटो सौजन्य बिज्ञान त्रिपाठी )

No comments: