Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 8, 2013

नेपाली जनप्रगतिशिल मञ्च युएईद्वरा पिडीतलाई सहयोग



लक्ष्मण खनाल
६,जनवरी युएई नेपाली जनप्रगतिशिल मञ्च युएईले अलपत्रमा परेका नेपालीहरुलाई सहयोग प्रदान गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा विगत तीन महिना पहिले युएई स्थित मिर्जा टेक्नीकल सर्विस कम्पनीमा  आएका ९ जना नेपालीहरु चितवन ३ पटयानीका नारायण प्रसाद त्रिपाठी, रोशन हमाल, रामबहादुर पौडेल, र अमृत बहादुर गुरुङ, पटयानी ४ चितवनका राजेश सिंह र भिम बहादुर  गुरुङ, भरतपुर ५ चितवनका अमृत बहादुर खड्का, भरतपुर ४ चितवनका भिम बहादुर गुरुङ र जनकपुरका देबेन्द्र नारायण सिंह लाई कम्पनीले तोकीए बमोजिमको काम नदिएको र तलब पनि नदिएपछि खान र वस्न समस्या परेपछि उनिहरु नेपाली नियोग र विभिन्न संघसंस्था गुहार्न पुगेका थिए ।
यसै क्रममा जनप्रगतिशिल मञ्च युएईले सो कुरा थाहा पाएपछि मञ्चका महासचिव बावुराम विश्वकर्मा, संगठन विभाग प्रमुख टिका दत्त शिवा र शारजाह क्षेत्रिय अध्यक्ष रिषीराम पाठक लगायतका पदाधिकारीहरु गत शुक्रबार उनिहरुलाई भेटन गएका थिए र उनिहरुको खान को व्यवस्थाको लागि आर्थिक संकलन गरी करीव चौध हजार नेपाली बरावरको आर्थिक संकलन गरि सहयोग हस्तान्तरण गरेको छ । दुइहजार दिहराम मासिक तलब भन्ने झुटो आश्वासन दिएका अर्मला गाविस कास्कीका कृष्णलाल तिवारीको सम्पर्कवाट यहाँ आएका उनिहरुले तिवारीलाई प्रति व्याक्ति दुइलाख पचास हजार दिएको बतएका छन भने उनिहरुले आफुहरु समस्यामा परेको भन्दे यहाँको श्रम अदातलमा मुद्दा दर्ता गरे लगत्तै तिवारी सम्पर्क वाहिर रहेको गुनासो पनि उनिहरुले गरेका छन । र यहाँ को श्रम मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गरि उनिहलाई छिट्टै नेपाल फिर्ता गर्ने तयारी गरिरहेको छ ।  

No comments: