Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, January 4, 2013

४० भन्दा बढी आईएनजीओ कालोसूचीमा


२० पुस, काठमाण्डौं । नेपालको राष्ट्रिय खर्च प्रणाली मिचेर गतिविधि गरिरहेका र लामो सयमसम्म सम्पर्कमा नरहेका ४० भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) लाई समाजकल्याण परिषद्ले कालोसूचीमा राखेको छ । यी संस्थाको सम्झौता खारेज गर्ने तयारी भइरहेको परिषद्ले जनाएको छ ।

सम्झौता खारेज भएपछि ती आईएनजीओ नेपालमा अवैध ठहरिनेछ । अधिकांश आईएनजीओले खर्च प्रणाली मिचेर काम गरिरहेका भए पनि पहिलो चरणमा परिषद्ले ४० भन्दा बढीलाई कालोसूचीमा राखेर कारबाही थालेको हो ।

सम्झौता गरेका २ सय ७० मध्ये दुई आइएनजीओले मात्र परिषद्मा खर्च विवरण बुझाएका छन् । परिषद् आईएनजीओ र एनजीओको नियामक निकाय हो ।

कालोसूचीमा राखिएका आईएनजीओलाई १५ दिनभित्र आफ्ना गतिविधि र अवस्थाका बारेमा जानकारी गराउन समयसीमा दिएको परिषद्का सदस्य सचिव रबीन्द्र कुमारले जानकारी दिएको खबर कारोबार दैनिकले छापेको छ । आन्तरिक भन्दै उनले कालोसूचीमा परेका आईएनजीओहरुको नाम भने खुलाउन चाहेनन् ।

No comments: