Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

अर्थमन्त्री पुन र अमेरिकी राजदुतबीच भेट


काठमाडौं, ९ माघ अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र अमेरिकी राजदुत पितर डब्लु बोडेबीच भेटघाट भएको छ ।भेटघाट मंगलबार बिहान अर्थमन्त्रालयमा भएको हो । भेटमा राजुदत बोडेले सम्पत्ति सुद्धिकरणसँग सम्बन्धित संगठित अपराध नियन्त्रण सम्बन्धि अध्यायदेश पास नभए नेपाल कालोसूचिमा पर्ने बारे ध्यानाकर्षण गराउनुभयो । उहाँले आगामी बेबुु्रअरीमा बस्ने एफएटिएफको बैठक भित्र उक्त अध्यादेश पास नभए कालो सूचीमा पर्ने बताउनुभयो । उहाँले अध्यादेश पास गराउन पहल गर्न आग्रह गर्नुभयो । 
जवाफमा अर्थमन्त्री पुनले जसरी पनि अध्यादेश पारित गराएर देशलाई कालोसूचीमा पर्नबाट बचाईने बताउनुभयो । उहाँले अहिले उक्त अध्यादेश मन्त्रीपरिषद्बाट सिफारिस भएर राष्ट्पति कार्यालयमा रोकिएको जानकारी गराउनुभयो । छलफलमा अमेरिकी राजदुत बोडेले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग र कार्यन्वययनका बारेमा पनि चासो राख्नुभयो । उहाँले अमेरिकी लगानीमा चलिरहेको आयोजनाहरुको बारेमा र नेपालमा लगानीको वातावरणबारेमा पनि चासो राख्नुभयो । 
जवाफमा अर्थमन्त्री पुनले अमेरिकाले नेपालका लागि गर्दै आएको सहयोग महत्वपूर्ण भएको बताउनुहुँदै सहयोग जारी राख्न आग्रह गर्नुभयो । उहाँले नेपाल पूर्ण बजेट आउन नसकेको भए पनि लगानी मैत्री वातावरण बन्दै गएको बताउनुभयो । छलफलमा राजदुत बोडेले राजनीतिक सहमति गर्न आग्रह गर्नुभयो । उहाँले दलहरुबीचमा सहमति हुनेमा अमेरिका आशावादी रहेको बताउनुभयो । उहाँले एकीकृत नेकपा (माओवादी)को महाधिवेशन सफलताको लागि शुभकामना पनि दिनुभयो । अर्थमन्त्री पुनले माओवादीको महाधिवेशनपछि राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले दलहरुबीच सहमतिको विकल्प नभएको पनि बताउनुभयो । 

No comments: