तिलविक्रम थेवे
कतार २२ जनवरी नेपाली जनप्रगतिशील मञ्च दोहा कतारको प्रथम राष्ट्रियभेला सम्पन्न भएपछि सो भेलाद्धारा पुनर्गठित मञ्चको केन्द्रिय कार्य समितिको वैठक गतहप्ता दोहामा बस्यो ।अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको केन्द्रिय समितिको वैठकद्धारा केन्द्रिय सदस्यहरु मध्येबाट ८ जना केन्द्रिय सदस्य हरी मगर, लाल भट्ट, दिलिप मैनाली, विजय सुन्दास, राजेश परियार, राम बहादुर खत्री र दिल भट्टराई सचिवालय सदस्य तोकिएका छन् । ६ जना केन्द्रिय सदस्यहरु वैकल्पिक सचिवालय सदस्य रहेका छन् ।
तीन उपाध्यक्षलाई दोहा, सनैया र अन्य गरी तीनओटा भेगका लागि इन्चार्ज नियुक्त गरेको छ भने विभिन्न विभागहरु गठन गरि सोको इन्चार्ज समेत वैठकले तोकेको छ । वैठकले संगठन विभाग लगायत अन्य प्रशिक्षण, प्रचारप्रसार, आर्थिक, दलित, महिला, जनजाती, मधेस तथा मुस्लिम, युवा, खेलकुद, सांस्कृतिक, श्रम तथा वैदेशिक, संघसस्था तथा सामाजिक संञ्जाल समन्वय, उद्धार तथा सहयोग विभागहरु गठन गरी सम्बन्धित विभागीय इन्चार्ज समेत तोकेको छ ।देश र जनताका लागि प्राणको आहुती दिएका वीर शहिदहरु प्रति मौनधारण गरी शुरु गरीएको सो वैठकमा मञ्चका संरक्षक शनिकुमार ओली, सल्लाहकार संयोजक होमनाथ शर्मा अतिथी रहेका थिए । महासचिव तिलविक्रम थेवेले संचालन गरेको वैठकमा ५१ जना केन्द्रिय समितिका अधिकांश सदस्यहरुले समसामयिक विषयबस्तु र समसामयिक परिस्थितिमा आआफ्ना धारणा र जिज्ञासा राखेका थिए, मञ्चको तर्फबाट मञ्चका अध्यक्ष, संरक्षक, सल्लाहकार संयोजक, महासचिव लगायतले वैठकमा विभिन्न विषयबस्तु माथि उठेका जिज्ञासाको जवाफ दिएका थिए । वैठकले भर्खरै सम्पन्न भएको राष्ट्रिय भेलाको समिक्षा समेत सो वैठकमा गरिएको थियो ।
No comments:
Post a Comment