Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

कतारमा नेपाली विविध परिकारका खाना सहितको सांस्कृतिक महोत्सव हुने


तिलविक्रम थेवे
कतार – नेपाली आदिवासी प्रवासी जनजाती महासंघ र सम्सारा थकाली रेष्टुरेन्ट दोहा कतारको संयुक्त पहल, प्रयास र आयोजनामा आगामी माघ १८ र १९ गते (तदानुसार जनवरी ३१ तारिख र फरवरी १ तारिख २०१२) मा नेपाली विविध परिकारका खाना तथा विशुद्ध नेपाली सांस्कृतिक महोत्सव गल्फ होराइजन होटल दोहा कतारमा हुने भएको छ । नेपाली फुड फेस्टिवल तथा सांस्कृतिक महोत्सवका आयोजकहरुद्धारा बोलाइएको पत्रकार सम्मेलनमा सो कुरा बताइएको हो ।
पत्रकारसम्मेलनमा जानकारी दिइएअनुसार दोहा कतारमा रहेका ४ लाख भन्दा बढी नेपाली समुदायहरु रहेको कतारमा विविध नेपाली परिकारहरु सो महोत्सवमा राखिनेछ भने नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि सोही अवसरमा प्रस्तुत गरिनेछ ।
आयोजकका तर्फबाट नेपाली प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष विनेश तामाङ्ग, सम्सारा थकाली रेष्टुरेन्टका संचालक हरी पुन, व्यवसायी नरेन्द्र सेन ठकुरी र प्रकाश गुरुङ्ग, गल्फ होराइजन मेरिनाका सुरेश बालिकरले नेपाली फुड फेस्टिवलको वारेमा पत्रकारहरुको प्रश्नको जवाफ दिदैं नेपाली ढिडो सिस्नुको दाल, क्वाटी, अचार, गुन्द्रक, नेपाली भटमासको किनीमा, अकवरे खुर्सानी, टिम्बुरको अचार गायतका नेपाली परिकारहरु सजाइने जानकारी दिएका थिए । दोहा कतारमा पहिलो चोटी नेपाली परिकारको भोजन सहितको नेपाली पाराको महोत्सवको आयोजना गर्न लागेकोले पनि महोत्सवका आयोजकहरुलाई हौसला दिदैं यो महोत्सव उत्साहका साथ आयोजना गर्न गल्फ होराइजन होटलले समन्वय गर्न चाहेको बालिकरले बताए ।
नेपाली समुदायको मौलिकताका विविध पक्ष झल्काउने महोत्सव र सास्कृतिक कार्यक्रम भएकोले नेपालीहरुको विविध संस्कार, सस्कृति, भाषा, धर्म लिपी जाती समुदायको हकहित, विकास र प्रवर्धन र सम्बर्धनको लागि लागिपरेको जनजाती महासंघ पनि यो महोत्सवको आयोजक भएको महासंघका अध्यक्ष विनेश तामाङ्गले बताए । कतारमा नेपाली परिकारमा नेपाली समुदायलाई सेवा प्रदान गरिरहेको सम्सारा थकाली रेष्टुरेन्टका संचालक हरी पुनले नेपाली परिकारका भोजन र सांस्कृतिक विविधताको अन्तर्राष्ट्रिय रुपमा परिचय गराउन पनि मद्धत मिल्ने भएकोले यो महोत्सव आयोजना गर्न लागेको बताए । नेपालबाट चेम्बर अफ कमर्स, नेपाल पर्यटन बोर्डबाट प्रतिनिधी तथा अन्य सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरु पनि ल्याउने प्रयास भईरहेको अर्का आयोजक प्रकाश गुरुङ्गले बताए भने नेपाली मौलिकता नेपाली परिकार, नेपाली कला संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न मद्धत पुग्ने भएकोले यो महोत्सवको महत्व रहेको र आफ्नो सहयोग रहेको व्यवसायी नरेन्द्र सेन ठकुरीले बताए ।
लोक गायिका देविका केसी गुरुङ्ग लगायत कतार ट्रिव्युन, राजधानी साप्ताहिक, कान्तिपुर दैनिकको प्रवास साप्ताहिक, नेपाल कतार अनलाइन डटकम लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेका सो प्रेस सम्मेलन मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सुस्मा लामाले संचालन गरेकी थिइन् । कतारमा प्रथम चोटी आयोजना हुन लागेको नेपाली विविध परिकारका तथा विशुद्ध नेपाली सांस्कृतिक महोत्सवमा सहभागी शुल्क प्रति सहभागी १०० रियाल राखिएको आयोजकले जानकारी दिए ।

No comments: