Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

मकवानपुरमा स्वतन्त्र पत्रकार सङ्घ गठन


हेटौंडा, ८ माघ। मकवानपुरका क्रियाशील पत्रकारहरूले स्वतन्त्र पत्रकार सङ्घ गठन गरेका छन्। 
समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठको अध्यक्षतामा आइतबार हेटौँडामा भएको एक भेलाले नौ सदस्यीय स्वतन्त्र पत्रकार सङ्घ मकवानपुर शाखा तदर्थ समिति गठन गरेको हो। 
मकवानपुर बहुमुखी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापकसमेत रहेका श्रेष्ठले व्यवसायिक, मर्यादित र नैतिक पत्रकारिताको अभ्यास गर्ने उद्देश्यले सङ्घको गठन गरिएको बताए।
सङ्घको उपाध्यक्षमा छवि अनित्य, सचिवमा रेडियो थाहा सञ्चारका अशोकसुजन श्रेष्ठ, कोषाध्यक्षमा रेडियो थाहा सञ्चारका मणिराज गौतम चयन भएका छन्। यस्तै, सदस्यहरूमा साझा कुरा राष्ट्रिय दैनिकका रोजिन श्रेष्ठ, कुन्ति लामा, रेडियो थाहा सञ्चारकी दुदुमाया सिन्तान, गोकुल अधिकारी, हेटौंडा बजार डटकमका गीतानाथ ढुड्डाना रहेका छन्।
जिल्लामा दुई दर्जनभन्दा बढी पत्रकार स्वतन्त्ररूपमा क्रियाशील रहिरहेका र उनीहरूलाई सड्डठित गराउने उद्देश्यले सङ्घ गठन गरिएको अध्यक्ष सुरेश श्रेष्ठले बताए।
माघको अन्तिम साता जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको छ।
स्वतन्त्र पत्रकार सङ्घका मध्यमाञ्चल संयोजक राजेश घिमिरे, केन्द्रीय सदस्यद्वय सुरज पौडेल र बिधुर ढकाल, चितवन जिल्ला उपाध्यक्ष विनोदबावु रिजालको आतिथ्यतामा भेला भएको हो। 
गत मङ्सिरमा पोखरामा पहिलो अधिवेशन सम्पन्न गरेको स्वतन्त्र पत्रकार सङ्घको मकवानपुर नवौं जिल्ला शाखा हो।
मकवानपुर जिल्लासँगै नारायणी अञ्चलका पर्सा, बारा, रौतहटमा पनि शाखा विस्तार गर्ने योजना रहेको मध्यमाञ्चल संयोजक राजेश घिमिरेले जानकारी दिए। सङ्घको केन्द्रीय कार्यालय पोखरामा रहेको छ।

No comments: