Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

नेपाली समाज यूएईको पार्षद भेला बोलाउन माग


त्रिलोचन कोइराला, दुबई – नेपाली समाज यूएईका  केहि पदाधिकारीले निर्वाचनको मिति नजिकिदंै गर्दा आफुलाई संस्थामा काम गर्न नदिएको भन्दै एक भेलाको आयोजना गरेका छन । गत जनवरी १८ तारेख बरदुबईको सिंधपञ्जाब रेष्टुरेन्टमा गरिएको भेलाले दुईमहिना अगाडि बनाईएको निर्वाचन समिति विधानतः अबैधानिक भएको भन्दै खारेजीकोलागि संस्थाको पार्षदहरूको भेला बोलाउन माग गरेका छन ।
नेपाली समाजका निर्वाचित पधाधिकारिहरू मध्ये उपाध्यक्ष होम राना, महासचिव प्रकास कोइराला, कोषाध्यक्ष मधुकर बेलवासेले आयोजना गरेको भेलामा संस्थाका पार्षद अध्यक्ष तुलसी तामांगलाई पार्षद भेला बोलाउनका लागि बिधान अनुसार समाजका पार्षदहरूको २५ प्रतिशत संख्याको हस्ताक्षरित निवेदन दिए । पार्षद अध्यक्ष तामांगले चाँडै नै भेला बोलाएर नेपाली समाजमा विद्यमान समस्याको समाधान गर्न पहल गर्ने बताएका थिए ।
भेलाले गरेको निर्णयलाई सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा नेपाली समाजका महासचिव प्रकाश कोइरालाले निर्वाचित भएदेखि नै अध्यक्षले काम गर्ने वातावरण नदिएको भन्दै अध्यक्षले मनखुशी कामगरेको, संस्थामा छलफल तथा सल्लाह नगरी निर्णय गर्ने गरेको आरोप लगाए । आक्रमक अवस्थामा देखिएका कोइराला आफु पुःन समितिमा नबस्ने तर गलत प्रक्रियाको विरोध गर्न र समाजलाई विधान अनुसार चलाउनु पर्ने भएकाले भेला बोलाइएको जनाए । ४ दर्जन व्यक्तिहरूको उपस्थित भएको भेलामा कोइरालाले निर्वाचित महासचिव भएपनि संस्थाका आवश्यक माइन्युटिंग खाता र आवश्यक कागजात सबै अध्यक्षले नै लगेको बताउँदै महासचिवको काम र कर्तव्यबाट बन्चित गराएको आरोप लगाए । त्यस्तै संस्थाका निर्वाचित कोषाध्यक्षले जिम्मेबारीबाट आफुलाई बन्चित गरेको बताउँदैं संस्थाको कोषको जिम्मा अन्य कसैलाई दिएको आरोप लगाए ।
भेलामा उपस्थित अधिकांश वक्ताले नेपाली समाज यूएईको ईतिहास मेट्न नपाउँने र दुईवटा पनि गर्न नहुने भन्दै मौजुदा नेपाली समाजले विधान बमोजिम काम गर्नु पर्ने र पदाधिकारीलाई काम गर्ने वातावरण तयार गर्नु पर्ने बताए ।
पत्रकार सम्मेलनमा पत्रकाररूहले संस्थामा कामगर्ने वाताबरण नभएको अवस्थामा अक्टोबर २०१२ सम्मको बैठकमा उपस्थिती भएको दावी गर्ने र लामो समय सम्मपनि आवाज नउठाई   पदावाली सकिएपछि मात्र किन उठाउनु प¥यो भन्ने जिज्ञासामा भने उनीहरूले अध्यक्षले काम गर्न जिम्मेवारी नदिएको र आफुखुसी पदाधिकारी नियुक्ती गरेको भन्दै अस्पष्ट जबाफ दिएका थिए ।

No comments: