आज सन् २०१३ जनवरी २२ सोमवार, गैरआवासीय नेपाली संघ महिला फोरमका संयोजक रंजु थापाका साथै नेपाल स्थित विभिन्न क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको काठमाडौंको बालुवाटारमा संचालन भैरहेको महिला हिंसा विरुद्ध धर्ना कार्यक्रममा ऐक्यबद्धता र समर्थन जनाउन सहभागीता रहेको थियो । सो कार्यक्रममा महिला फोरम संयोजक थापाले त्यहाँ सहभागीहरुसंग कुरा गर्दै हाल नेपालमा महिला हिंसा तिव्र रुपमा भैरहेको हुँदा यस विरुद्ध जन चेतना फैलाउनु पर्ने धारणा व्यक्त गर्नु भयो । उहाँले महिलाहरुलाई शसक्तिकरण बनाउन र समाजमा महिला प्रति हुने भेदभाव अन्त्य गर्नको लागि पुरुषहरुलाई जनचेतना कार्यक्रममा सहभगी गराइ उनीहरुलाई महिला प्रति समानता र आदरको भावना जगाउन मद्दत पुग्ने कुरा बताउनु भयो । उहाँले गैरआवासीय नेपाली संघ महिला फोरमको कार्यहरुबारे जानकारी गराउँदै यही आउने शुक्रवार आयोजना हुने वृहत धर्ना कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीता रहने जानकारी गराउनु भयो । आजको धर्ना कार्यक्रमा सामाजीक र उद्यमी क्षेत्रका विशिष्ट महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रम विहान ९ बजे देखि ११ बजे सम्म संचालन भएको थियो ।
यस कार्यक्रम पछि महिला फोरम संयोजक रंजु थापाले महिलाहरुसंग सम्बन्धित सामाजिक संस्था पौरखीका अध्यक्ष मंजु गुरुङ्ग संग भेट गरी महिला फोरमका गतिविधिहरु र महिला हितका लागि गैरआवासीय नेपाली संघले कसरी सहकार्य गरेर अगाडी बढ्न सकिन्छ बारे छलफल गर्नु भयो । साथै उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरु, चेलिबेटी वेच विखन र घरेलु हिंसा विरुद्ध दूवै संस्थाले सहकार्य र समन्वय गरी कार्यक्रमहरु गरेमा अझ प्रभावकारी हुने कुरा बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई सचेत बनाउनका साथै उनीहरुलाई सहि सूचना उपलव्ध गराउन दुवै संस्था मिलेर विविध कार्यक्रम संचालन गर्न सकिने पनि धारणा व्यक्त गर्नु भयो ।
पौरखीका अध्यक्ष मंजु गुरुङ्गले आफ्नो संस्थाले गरेका कार्यहरु बारे जानकारी गराउनु भयो । उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई सहि सूचना र सचेत गराउन रेडियो नेपालबाट हप्ताको एकचोटी सूचना कार्यक्रम संचालन, विविध सीपमुलक कार्यक्रम र वैदेशिक रोजगराबाट पिडित महिलाहरुको उद्दार पनि आफ्नो संस्थाले गरिरहेको जानकारी गराउनु भयो । महिलाको हकहित र महिलाको हित सम्बन्धी विविध कार्यक्रमहरु संचालन गर्नको लागि गैरआवासीय नेपालीसंघ महिला फोरमसंग सहकार्य र समन्वय गर्न पौरखी सदा तत्पर रहने बताउनु भयो ।
No comments:
Post a Comment