Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, January 6, 2013

साउदीको यान्बुमा ६८ नेपालीहरूले तलबै पाएनन


बिष्णु प्रसाद चापागा
दमाम ५ जनवरी २०१२। साउदी अरबको यान्बुमा ६८ जना नेपाली कामदारहरू आएको ४ महिना भैसक्दा पनि तलबै पाउन सकेका छैनन् उनीहरूको करारनामा बमोजिम सबै कामदारहरूलार्इ न्युनतम १ हजार साउदी रियाल तलब त उल्लेख छअरू सुविधाहरू पनि ऐन नियम बमोजिम नै छन्उनीहरूलार्इ रोजगार दाता कम्पनीले अकामा पनि दिलाइसकेको छ तर ४ महिना बितिसक्दा पनि न त काममा नै लगाउन सकेको छ न त तलब नै दिनसकेको छ । यस्तो अवस्थामा निश्चित रूपमा यी कामदारहरूको र यी कामदारहरूमा आश्रित परिवारजनहरूमा ठूलो समस्या र चिन्ता छाएको छ ।
पीडित कामादारहरूमध्येकै कास्कीका जिबन भुजेलले आज बिहान एनआरएनए साउदी अरबमा यो समस्याका बारेमा जानकारी दिए पछि एनआरएनएले नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा एनआरएनएका फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरेज्यु समक्ष यो समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरिसकेको छ ।
यी कामदारहरूलार्इ पाथिभारा प्लेसमेन्ट सर्भिसेजले जनही ७० हजार देखि १ लाख १० हजार सम्म असुलेर साउदी अरबको सिनो हाइड्रो कम्पनीमा पठाएको हो । साउदी अरबका लागि कामदारहरूबाट म्यानपावर कम्पनीहरूले अधिकतम ७० हजार रूपैयाँ सम्म लिनसक्ने बैदेशिक रोजगारको नियम भएता पनि म्यानपावर कम्पनीहरूले न्युनतम ७० हजार भन्दा बढी नै रकम कामदारहरूबाट लुटिरहेका छन् ।
साउदी अरबमा कामदारहरू ठगिदै शोषिदै न्युन तलबमा काम गर्नु परेकोसाउदीकरणका कारण कतिपय रोजगारदाता कम्पनीहरू रेडजोनमा परी स्वदेश फर्किन समेत नपार्इरहेकोघरेलु महिलाहरूले पीडा र शोषण खेप्दै असुरक्षित रोजगारमा पिल्सिरहेको बेला ४ महिनासम्म तलबै नदिने जस्ता नयां नयां समस्याहरू थपिइरहेका छन् ।
 

No comments: