Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 26, 2013

सहमति जुटन नसके पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न नागरिक मञ्चको आग्रह


काठमाडौ, १२ माघ । नेपाल नागरिक मञ्चले दलहरुवीच सहमति हुन नसके सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने माग गरेको छ । 
मञ्चले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अहिलेको राजनीतिक गतिरोधको निकास निर्वाचनमात्रै भएकोले निर्वाचनको सुनिश्चितताको लागि दलहरुवीच सहमति हुन नसके स्वतन्त्र ब्यक्तिको रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्न माग गरेको हो । 
उसले पहिलो प्राथमिकता दलहरुवीचको सहमतिको सरकार निर्माण हुनु पर्नेमा रहे पनि त्यस्को सम्भावना न्यून रहेकोले दोस्रो विकल्पको रुपमा विघठित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बहुमतको आधारमा सरकार गठन गर्नु पर्ने भन्दै त्यो पनि हुन नसके पूर्व प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने स्पष्ट पारेको छ । 
पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष हिमालय समशेर राणाले दलहरुवीचको अहिलेको अवस्था दुस्मनीपूर्ण रहेकोले सहमतिको सरकार गठन हुने सम्भावना नरहेको भन्दै स्वतन्त्र ब्यक्तित्वको रुपमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन हुनु पर्ने धारणा राखे । 
उनले सबै संबैधानिक निकाय खाली हुँदै जानु र दलहरुवीच निकासको लागि सहमति हुन नसक्नुलाई कुनै अप्रिय घटनाको ग्राईण्ड डिजायन हो कि भन्ने आशंका ब्यक्त गर्दै कम्तिमा पनि दलहरुले तत्काल निर्वाचनको लागि आवश्यक नियूक्ती, कानून लगायतका विषयमा प्याकेजमै सहमति गरेर निर्वाचनलाई सुनिश्चित गर्नु पर्ने बताए । 
मञ्चका महासचिव तीर्थ नारायण सुवेदीले सहमति हुन नसक्ने अवस्था आईसकेपछि सहमतिको नाममा मुुलुकलाई लामो समयसम्म अनिश्चिततामा बन्धक बनाउन नहुने भन्दै तत्काल स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गरेर मुलुकलाई निकास दिनु पर्ने बताए । 
पत्रकार सम्मेलनमा मञ्चले गत पौष २७ गते गरेको बृहद गोष्टिले त्यस्तो निष्कर्स निकाल्दै सो विषयमा राष्ट्रपतिलाई समेत जानकारी गराईएको जानकारी दिईएको थियो । 

No comments: