Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 26, 2013

स्वास्थानी व्रत सफल बनाउन ब्यवस्थापन समिति गठन


काठमाडौ, १२ माघ । पौराणिक मान्यता अनुसारको पार्वतीले भगवान शिव बर पाउन साँखुको शालिनदीमा लाग्ने स्वस्थानी ब्रतलाई सफल बनाउन स्थानीय स्तरमा साँखु शालिनदी माधव नारायण मेला मुल ब्यवस्थापन समिति गठन गरिएको छ । 
समितिमा साखुँ क्षेत्रका आठ टोलबाट दुई दुई जना गरी १९ जना, साँखुमा रहेका तीन गाविसका सचिवहरु, महानगरिय प्रहरी प्रभाग साखुँको प्रमुख पदेन सदस्य रहने गरी २३ जनाको मुल समिति र १६ वटा विभिन्न उपसमितिहरु गठन गरेको छ । 
शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ब्रतालुहरुले दुख पाउने, तिर्थयात्रीहरु ठगिने जस्ता समस्या समाधान गर्न समितिले कदम चाल्ने जानकारी दिईयो । 
त्यसैगरी ब्यवस्थापनाको लागि त्यस क्षेत्रमा प्रवेश गर्ने सवारी साधनहरु मध्ये हेवी गाडीबाट २५, हल्का गाडिबाट २० र मोटर साईकलबाट १० रुपैया उठाउने निर्णय समेत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । 
त्यसैगरी देश दर्शनको कार्यक्रम र तयारी पनि समितिले गरेको छ । जसमा माधव नारायणको मुर्तिसँगै माघ २६ गते शुक्रवार बज्रयोगिनी प्रस्थान गर्ने, २७ गते पुशुपतिमा बास बस्ने, २८ गते फर्पिङ प्रस्थान गर्ने,  २९ गते साँखु फिर्ता भई फागुण २ गते पनौति प्रस्थान, ३ गते साँखु फिर्ता, १०गते चागुनारायण प्रस्थान र ११ गते फर्किने रहेको छ । अन्तिममा फागुण १४ गते अश्वमेघ यज्ञ गरेर ब्रत समापन गर्ने तयारी समेत समितिको रहेको छ । 

No comments: