Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, January 22, 2013

गजल


जीवन अनि जगत बुझेर अघि बढ्नुहोस
समय संगै मान्छेको बिचारहरु पढ्नुहोस

संकट बने पर्खाल ,हारेर हुन्न  कहिले नि
मिल्नेछ सफलता त्यो,हिम्मत कसी लड्नुहोस

संसार ठुलो रहेन,विज्ञानलाई  जित्नै  परे,
थन्काई अस्त्र हातको,बुद्धिले मन्मा गड्नुहोस

भरोसा पर्नु हुदैन,स्वालम्बी बनि बाँच्नु पर्छ,
बटुली आँट दूस्खमा,खुड्किलो स्वयम् चड्नुहोस

ज्ञानको दिप बालेर,अध्यारो हर्नु परे याहाँ,
प्रकाश छर्न चौतर्फी,सलेदो बनि  डढ्नुहोस

कल्पना राई "खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया

No comments: