......घर पुग्ने बित्तिकै उनले मलाई फोन गरिन। उनि मेरो नजिकै नभए पनि फोन गरेर नजिक हुने प्रएत्न गरिरहेकी थिइन । म पनि काम को सिलसिलामा पोखरा जानु पर्ने भयो म आएपछी नै प्रीती लाई भन्छु भनेर पोखरा गए पोखरा पुगेपछी मैले प्रीती लाई फोन गरे तर फोनै लागेन न त उता बाट नै कुनै फोन आयो म उनको फोन प्रतिक्षामा बसिरहे तर उनको न त फोनै आयो नत उनकोमा फोनै लाग्यो।अब भने मेरो मनमा नाना थरिका कुरा खेल्न लागे। कतै केहि पो भयो कि एस्ता एस्ता अनेक तरङ हरु मेरो मनमा पैदा हुन थाले तर म सग तेही फोन को कोसिस गर्नु भन्दा अर्को बिकलप थिएन किन कि उस्को बारे मा उस्को अन्टी लाई मात्र थाहा थियो उहापनी गाउ नै जानु भएको छ म दिन रात छट्पटिन थाले यसरी नै ५ दिन बित्यो । एकाबिहानै एउटा मेसेज आयो जस्मा लेखिएको थियो राज जसरि भए पनि मलाई भेट्न तलको ठेगाना मा आउ है । म उनले दिएको समय भन्दा पहिला नै त्यो ठेगाना मा गएर बसे उनको प्रतिक्षा गर्दै गर्दै टोलाउन पुगेछु।जब म उनीलाई कल्पिन्छु अनि आफु आफैमा हरौछु खै , किन किन म उनीलाई सम्झिए पछी एकोहोरो हुन थाल्छु तर किन किन म आफैलाई थाहा छैन ? साच्चै भनू प्रिये जसरि पानी बिना माछा तद्पिन्छ त्यसरी नै म पनि तिमी बिना तद्पिरहन्छु म तिमी बिना एक पल पनि बाच्न सक्दिन त्यसैले छिटो नै तिम्रो हात माग्न आफ्ना बाबा आमा लाई तिम्रो घर पठाउनेछु अनि कुनै पनि तागत ले हामिलाई अलग बनाउन सक्ने छैन । जब तिम्रो घर मा जन्ती लिएर आएर तिमीलाई लानेछु अनि मात्र आफैलाई प्रेम मा सफल भएको मान्नेछु । साच्चै नै त्यो घुम्टो ले आफ्नो मुहार छेक्दा तिमीलाई कती राम्रो देखिन्छ होला है सारै नै कल्पनामा हराउन थालेको छु प्रिये म त्यस्तै त्यस्तै सोच्दै कल्पनामा हराइ रहेको थिए एकै छिन मा होस आएछ आहा यो यो प्रकितिले पनि सारै लोभ्याउछ है अझ यो मौसम मा उनि साथ भए त "अझ त्यो दिन यस्तो मौसम थियो अनि मैले माया दर्साउन को लागी यहि ठाउमा उनको त्यो हात च्याप समातेर आइ लभ यु भन्दै त्यो गुलाफ को फुल दिदा उनको त्यो नजर कस्तरी मुस्कुराइ रहेको थियो म फेरी कल्पनामा हराइ रहेको थिए एक्कासी उन्को आगमन भयो ।"म उनलाई हेरिरहेको थिए तर उनमा पहिलाको जस्तो चन्चलता थिएन न त उनको मुहारमा कुनै चमक नै थियो । । उनको मुहार झन झनै अधयारो भैरहेको थियो , उन्का आखामा ताल हरु बनी रहेका थिए तर फुट्न सकिरहेका थिएनन ,मैले सधै झैँ
उनलाई सोधे हाइ हाउ आर यु प्रिय ? " तर कुनै उत्तर आएन न त उनले मेरो आखामा आखानै जुधाउन सकिरहेकी थियिन न त बोल्न नै सकिरहेकी थिइन् म उनीलाई हेरी रहेको थिए उनले तेतिकैमा उनले एउटा झोला मेरो हातमा दीइन र भनिन राज म तिम्रो हुन सक्दिन मेरो परिवारले अर्को केटा सग मेरो बिबाह पक्का गरिदिएको छ। सक्छौ भने मलाई माफ गरिदेउ है सरी ... मैले उनको त्यो मुहार हेरिहेरी त्यो झोला मैले आफ्नो हातमा लिए तेतिकैमा उनका आखाबाट आसु का तप्का हरु झर्न थाले तब म झस्याङ्ग भएर झोला हेर्न थाले , जब ति सामान बाट आफ्ना नजर उतारे उनि मेरो सामुन्ने बाट हिडी सकेकी थिइन। आफुले देखुन्जेल सम्म उनलाई हेरि रहे जब देख्न्न छोडे अनि मेरो होस नै हराएछ। अचेत भएछु अनि आखा उघारेर हेर्दा आफुलाई अस्पताल को सैया मा पाए अनि ति अतित लाई सम्झी आफ्नि मायालुलाई अन्तिम प्रेम पत्र लेख्न्न थाले
को भनेर सम्बोधन गरौ तिमीलाई साथी या जीबन साथी साथी भनौ त तिम्रो र मेरो त्यो सम्बन्धको याद आउछ जहाँ तिमी र म प्रेमी प्रेमिका थियेउ अनि जीवन साथी भनौ त तिमीले धोका दिदाका ति पल हरुले मेरो मुटु झस्काइ रहन्छ तेसैले सम्झना बिनाको चिठी लेख्दैछु। खैर्, तिमीलाई त सन्चै होला र होस पनि किनकी तिमी मेरी धड्कन होउ तिमी मेरी शास होउ अनि तिमी मेरी प्राण होउ तिमीलाई थाह छ तिमी बिनाको मेरो जीबन अपुरो र अपूर्ण छ हामिले कती सपना हरु सजाएका थियौ अनि ति सपना हरुलाई बिस्तारै बिस्तारै बिपनामा पनि रुपान्तर पनि गरिरहेका थियौ किनकी तिमी मेरो साथमा थियौ तर आज ति सपना हरुले मलाई जिस्काइरहेका छन तर पनि म बिबस छु किनकी मेरो कमजोरी नै तिमी होउ र तिमी बिना म यि सपना हरु सग लड्न त के लड्ने कल्पना सम्म पनि गर्न सक्दिन किनकी मेरो कम्जोरिनै तिमी होउ " प्रिती " मलाई थाहा छ तिमी ले पनि मलाई माया गर्छौ र तिमी पनि छट्पटैरहेकी छेउ तैपनि किन तिमीले हिमत गरिनौ ??किन तिमीले बिस्वाश घात गरेउ ? तर पनि म धेरै भाज्ञेमानी छु "आफ्ना आखा बाट बगिरहेका आशुको समेत पर्बाह नगरि आफ्ना आखाबाट बना ओटि मुस्कान छरेर भएपनी तिमीले मलाई आफ्नो विवाह को कार्ड दियौ यि यो तिम्रो विवाहको कार्ड म सजाउनेछु अनि तिमीले दिएको सुपारी खानेछु किनकी तिमीलाई थाहा छ म तिमीले दिएका कुनै पनि बस्तु नकार्न सक्दिन तिमीले मलाई आफ्नो विवाह मा बोलाएकी छौ त्यसैले म अबश्य आउने छु सिर्फ एक पल्ट तिम्रो मुहार हेर्नेछु ।" त्यसपछि म तिम्रो जिन्दगी मा कहिले पनि आउने छैन अनि सदा सदा को लागी आफ्नो प्रेम लाई बलिदान दिनेछु। सरी मलाई माफ गरिदेउ मैले तिमीलाई सोध्धै न सोधी आफ्नो प्रेम लाई बलिदान दिदैछु त्यसैले मलाई माफ गरिदेउ । " जिन्दगीको रेसमा त तिमीसग कहिलै मेरो समानता मिलेन तर अब त हामी दुइ मा धेरै समानता मिल्न लागेको छ । त्यसैले होला म मात्र त्यो दिन को प्रखाइमा छु " जुन दिन तिमी घुम्टो ले आफ्नो मुहार छोप्नेछौ , अनि म कात्रो ले ढाकिनेछु ,तिम्रो डोली हिड्दा पन्चे बाजा बज्नेछ ,अनी मेरो लाश हिड्दा जोर शन्ख फुकिनेछ । तिम्रा जन्तीहरु हिड्दा मेरा मलामी हरु हिंड्नेछन तिम्रो सुहागरातको लागी बेड सिङारिने छ अनि मेरो लागी चिता तयार हुनेछ ।"आहा कती धेरै समानता छ है " म तिमीलाई एउटा अनुरोध गर्छु म सग भएका समबन्ध हरुलाई मेरो दन्किरहेको चिता मा जलाईदेउ अनि मेरा ति सम्झना हरुलाई एउटा माला बनाएर अन्तिम श्रद्रान्जली देउ है अनि मेरा ति तस्बिर हरुलाई खरानी बनाएर मेरो अस्तु सगै फालिदेउ है जस्ले तिमीलाई जिन्दगी भर कहिलेइ पनि सताउने छैन अनि म कुनै दिन याद पनि दिलाउने छैन किनकी म तिम्रो सम्झनामा जिउन चाहन्न।आर्को जुनीमा बिपनामै जिउला है प्रिय "आफ्ना आखा बाट आशु कहिलै पनि अझार ल किनकी अब म तिम्रो आशु पुछ्न कहिले पनि तिम्रो सामु आउने छैन "
भीमसेन चौलागाई
facebook.com/ aparichitjeewan
भिमेश्वोर -5 दोलखा
हाल मलेशिया पेनागं
No comments:
Post a Comment