पोखरा, ३ माघ। डिफेण्डिङ च्याम्पियन ग्लोबल कलिजियट उमावि पोखरामा सञ्चालित छैटौं हिसान कास्की स्पोर्टस् मिट–२०६९ को च्याम्पियन बन्न सफल भएको छ। टेबलटेनिसतर्फ आठ अड्ढ जोड्दै द्वितीय भएको उसले छात्र भलिबलमा द्वितीय, छात्रा बास्केटबलमा द्वितीय र छात्रा बास्केटबलमा तृतीय हुँदै समग्र प्रतियोगितामा १८ अड्ढ जोड्दै ग्लोबल कलिजियट उमावि यस वर्ष पनि हिसान कास्की स्पोर्टस् मिट च्याम्पियन बन्न सफल भएको हो। विद्यालयका प्रिन्सिपल बाबुराम पन्त, खेलकुद शिक्षक टहलसिंह थापालगायतलाई हिसान नेपालका सचिव बुद्धि पुडासैनी, उच्च मावि शिक्षा परिषद् क्षेत्रीय कार्यालय पोखराका प्रमुख रमेश अधिकारी, मूल आयोजक समितिका संयोजक सूर्यबहादुर जिसी, हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले च्याम्पियन ट्रफी हस्तान्तरण गरेका थिए।
प्रतियोगितामा १४ अड्ढ जोडेको ज्ञानुबाबा उमावि द्वितीय र १३ अड्ढ जोडेको पोखरा उमावि तृतीय भएका छन्।टेबलटेनिसतर्फ नौ अड्ढ जोडेको सृजना उमावि प्रथम, आठ अड्ढ जोडेको ग्लोबल कलिजियट उमावि र पाँच अड्ढ जोडेको सगरमाथा उमावि तृतीय भएका छन्।
बुधबार भएको छात्र भलिबलको फाइनलमा पोखरा उमाविले ग्लोबल कलिजियट उमाविलाई २५–१२, २५–१४ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले लिटिल स्टेप उमाविलाई २५–२०, २५–१९ र २५–१७ को सोझो सेटमै पराजित ग¥यो। मड्डलबार भएको छात्रा भलिबलको फाइनलमा डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबा उमावि प्रथम, पोखरा उमावि द्वितीय र माउण्ट अन्नपूर्ण उमावि तृतीय भएका थिए।
बुधबार भएको छात्र बास्केटबलको फाइनलमा माउण्ट अन्नपूर्ण क्याम्पसले ग्लोबल किलजियट उमाविलाई ४८–४२ ले पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा एलए उमाविले पोखरा उमाविलाई ३९–२५ ले पराजित ग¥यो। छात्रा बास्केटबलको फाइनलमा ज्ञानुबाबा उमाविले माउट अन्नपूर्ण उमाविलाई १३–१० ले पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा ग्लोबल कलिजियट उमाविले न्याशनल इन्भेन्टिभ उमाविलाई ३३–३ ले पराजित ग¥यो।
प्रतियोगितामा छात्र भलिबलतर्फ पोखरा उमाविका प्रितम मल्ल, छात्रा भलिबलतर्फ ज्ञानुबाबा उमाविका अरुणा शाही, छात्र बास्केटबलतर्फ गलेबल कलिजियट उमाविका बुद्ध पुन, छात्र बास्केटबलतर्फ माउट अन्नपूर्ण उमाविका टीका पाइजा पुन बेस्ट प्लयेर घोषित भए। यस्तै छात्र बास्केटबलतर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका साजन पुन(२५) र छात्र बास्केटबलतर्फ ज्ञानुबाबा उमाविका अरुणा शाही (११) हाइस्कोरर घोषित भए।
टेबलटेनिसतर्फ छात्र सिड्डलतर्फ ग्लोबल कलिजियटका पवन गुरुङ प्रथम, सृजना उमाविका अमृत भुजेल द्वितीय तथा सगरमाथा उमाविका आलम खान र ग्लोबलका दीपक गुरुङ तृतीय भए। छात्रातर्फ सृजना उमाविका आकृति बराल प्रथम, सगरमाथाका माइता गुरुङ द्वितीय तथा न्याशनल इन्भेन्टिभ उमाविका सुस्मिता र ग्लोबलका सदिमा गुरुङ तृतीय भए।
छात्र डबल्सतर्फ लिटिल स्टेप उमाविका अमृत अधिकारी र सुधीर गुरुङको जोडी प्रथम, सृजना उमाविका अमृत भुजेल र शंकर केसीको जोडी द्वितीय तथा सगरमाथा उमाविका शशीकुमार लम्साल र आलागिरी खानको जोडी र न्यूग्यालेक्सी उमाविकासचिन गुरुङ र विलाश बरुवालको जोडी तृतीय भयो।
छात्रातर्फ ग्लोबल कलिजियटका सदिमा र स्वस्तिकाको जोडी प्रथम, सृजना उमाविका सृष्टि र आकृतिको जोडी द्वितीय तथा पोखरा उमाविका लक्ष्मी छन्त्याल र नविता पुनको जोडी र सगरमाथा उमाविका मैहिता गुरुङ र प्रतिमा ढकालको जोडी तृतीय भयो।
प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख शम्भु उप्रेती, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, प्याब्सन कास्कीका अध्यक्ष निदेश कोइराला, मुख्य प्रायोजक इन्फोमेटिक्स कलेजका प्रबन्ध निर्देशक प्रधुम्न कार्की, नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङ, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम गुरुङलगायतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। कर्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराई, हिसान नेपालका सचिव बुद्धि पुडासैनी, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख शम्भु उप्रेती, मूल आयोजक समितिका संयोजक सूर्यबहादुर जिसीलगायतले मन्तव्य राखेका थिए। हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सचिव रामजीप्रसाद शर्माले गरेका थिए।सो अवसरमा ज्ञानकुञ्ज उमाविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए।
No comments:
Post a Comment