Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 26, 2013

खुईलिदै गएको नेपाली समाजको ईतिहास


निमेष गिरी 
युएई जनवरी २५ नेपाली समाज सन् १९९०मा स्थापना भएर हालका दिनसम्म पनि सामाजिक कार्यमा आफनो भुमिका निर्वाह गर्दै आएको छ । तर नेपाली समाजको भुमिका र यसका प्रतिष्ठा युएईमा रहेका नेपालीहरु माझ निरन्तर खुईलिदै गएको छ । नेपाली समाज विगतको प्रतिष्ठा र विगतको कार्यको व्याजले नै आज पनि आफनो विशालताको स्वप्निल कल्पनामा रुमल्दिै छ । यसलाई नेतृत्व दिन निर्वाचित पदाधिकारीहरु विचको एक आपसको आरोप प्रत्यारोपले गर्दा आजका दिनमा पुःन यसले आफनो ईतिहासको पुनरावृति को अवस्थामा उभिएको देखिन आएको छ । जसको मुल कारक भनेको यसको वर्तमान केन्द्रिय समितीका सवै पदाधीकारीहरु हुन भन्ने कुरामा अव विमति रहेन् । 
नेपाली समाजलाई युएईमा छाता संगठन वनाउने अभिप्रायका सथ गरीएका विभिन्न वहस एवं सुझावहरु आज सम्म यसका निर्वाचित कुनै पनि नेतृत्वले लागु गर्न नसकेको दृष्टान्त हामी विच छर्लग भैसकेको छ । चाहे त्यो विगतमा नेतृत्व गरेको नेतृत्व होस वा वर्तमान नेतृत्व । नेपाली समाजलाई जुन रुपमा छाता संगठनको परीकल्पना गरीएको थियो । उक्त रुपमा नेपाली समाज स्थापित हुन हालसम्म नसक्नुको प्रमुख कारक भनेको नेतृत्वकर्ताहरुको अदुरदर्शि कार्यप्रणाली ,एकल कार्यगर्ने मनोकाक्षां र राजनैतिक वाडफाँडका आधारमा नेतृत्वको वाँडफाँड हो भन्ने मेरो वुझाई हो । सामाजीक कार्यमा कुनै पनि राजनैतिक गन्ध मौलाउनु हुदैन् । त्यसैगरी आफनो व्यतिगत रवाफ र प्रतिष्ठाकालागी आफनो जि हजुरी गर्ने समुहलाई मात्र अघि वढाउने प्रक्रिया र प्रवित्तिका कारण आज पुनः नेपाली समाजमा चिरा परेको देखिन थालेको छ । यसका प्रमुख जिम्मेवारीवाट हामी कदाचित भाग्न सक्दैनौ । कुनै र कुनै रुपमा त्यस कार्यप्रति हाम्रो पनि  उतिकै संलग्नता देखिन्छ । हाम्रो मौनता , हामी सक्रिय रुपमा उक्त समाजका नेतृत्वलाई खवरादारी गर्ने कार्यमा अग्रसर नहुनु त्यो नेतृत्वको मात्र कम्जोरी होईन ।
 भर्खरै मात्र नेपली समाजले निर्वाचन समिती घोषणा गरेर अव नयाँ नेतृत्वको चयन गर्ने तयारी गरिरहेको वेला उक्त समिती भित्रैका उपाधक्ष्य, महासचिव र कोषाधक्ष्य लगायतका नेतृत्व गर्ने समुहले उक्त निर्वाचन प्रक्रिया, निर्वाचन समिती र नेपाली समाजले घोषणा गरेको निर्वाचन कार्यको वैधानिकता माथि प्रश्न उठाईरहेको छ । हामीले विगतको निर्वाचनमा निर्वाचित ५ पदाधिकारीहरु मध्य वहुमत तिन पदाधिकारीहरु निर्वाचन समिती र प्रक्रियाको विपक्ष्यमा देखिदा निर्वाचन समितीलाई वलिको वोका वनाउने प्रयास गरीएको देखिदै छ । उक्त निर्वाचन समितीमा रहेका व्यतिहरुको कुनै दोष मनोगत अभिलाषा केहि नहुदा पनि अव उनिहरु नपिएको विषको शिकार वन्ने अवस्था देखिदै छ । जसको मुल कारकहरु यसको वर्तमान केन्द्रिय पदाधिकारीहरु हुन् । उनिहरु आफु आफुमा विभक्त भएर आफनो प्रतिष्ठाकोलागी एक आपसमा जुगांको लढाईले पुरै युएईमा विभाजनको रेखा कोर्न खुल्लेआम तयार भएको देखिन आएको छ । चाहे त्यो वर्तमान अधक्ष्य कृष्ण ढकाल हुन वा महासचिव  प्रकाश कोईराला । नेपाली समाज कसैको लडाईको क्रिणास्थल वन्न नदिनु हाम्रो प्रमुख ध्येय र दायित्व हुन आएको छ ।
 हालका दिनमा नेपाली समाजका पदाधिकारीहरु एक आपसमा आरोप प्रत्यारोपको चरणवद्ध  श्रृखलाको शुरुवात गरीसकेका छन् । जसका कारण नेपाली समाज र यसको विगतको ईतिहास र आगामी भविष्यलाई खुईल्याउदै नेपाली समाजको अस्तित्व लोप नभए पनि यसको आकार प्रतिष्ठा माथि नै आँच आउने निश्चित देखिएको छ । भर्खरै मात्र समितीमा रहेका पदाधिकारीको भेलाले यसको पार्षद भेलाको माग राखेको छन् । तर समाजका अधक्ष्यले अव पार्षद भेला वोलाउन सम्भव नभएको कुरा पत्रकारसंग व्यक्त गरेका छन् । जसका कारण अव झन नेपाली समाज कुन मार्ग र वाटोवाट गुजरन्छ । त्यसको निश्चितता देखिन आएको छैन् । नेपाली समाजका अधक्ष्यले दिएको अभिव्यतिनुसार वहुमत पार्षदले निर्वाचन समिती घोषणा गरेको उल्लेख गरेका छन् । त्यस भनाई प्रति यो पंक्तिकार सहमत हुन सकेको छैन् । उक्त भेलामा पंक्तिकार आफै पनि उपस्थित रहेको थियो । उक्त निर्वाचन समितीको गठन प्रक्रिया र पछि त्यसमा देखा पर्ने वैधानीकतको आवाज उठाउदा कृष्ण ढकालले वहुमतले पारीत गराउने व्योहोरा उपस्थित सवैलाई जानकारी गराएका थिए । यदि वहुमतले उक्त निर्णयलाई पारीत गरेको भन्ने उनको भनाई मान्न सकिने देखिदैन् । निर्वाचित ५ पदाधिकारीहरु मध्य ३ पदाधिकारीहरु उनको विपक्ष्यमा उभिएको कुराले नै उक्त कुरालाई पुष्टि गरीरहेको छ । त्यसैगरी विरोधका लागी विरोध भन्ने मान्यताको आधारमा युएईमा रहेका पत्रकार, संस्थाका सल्लाहाकार एवं नेपाली समाजका पार्षदहरुले कुनै जानकारी विहिन नै यसको केन्द्रिय पदाधिकारीलाई कार्वाहि गरीएका जानकारी २ समुहको आरोप प्रत्यारोप शुरु भएपछि मात्र जानकारी गराउने परीपाटी कतिसम्म न्याय संगत हुन्छ ? त्यसैगरी वार्षिक साधरण सभाको पहिलो भेलामा वहुमत पार्षदको उपस्थिती नभए पछि पुःन दोस्रो साधारण सभा वोलाउने जिम्मेवारी यसको केन्द्रिय समिती र पार्षद अधक्ष्य दुवैले गर्न नसक्नु पार्षद सदस्यको अधिकार माथि नै कुठाराघात भएको सत्यता हामी विच लुकेको छैन् । नेपली समाजका हालको दिनमा २ समुहमा विभक्त एक आपसमा भाले जुधाई खेल्नमा नै व्यस्त भएका छन् । जुन कार्यले नेपालीहरुको हित कदाचित गर्न सक्दैन् । 
कुनै पनि संस्थको केन्द्रिय समिती भन्दा पार्षदहरु अधिकार सम्पन्न हुन्छन् । पार्षदको वहुमतले केन्द्रिय समितीको कुनै पनि निर्णयलाई फेल गराउन सक्छ । नेपाली समाजको पारीत नभएको पुरानो विधानमा पनि उक्त कुरा उल्लेख भएको । हाल ढकालसंग सहमत हुन नसकेका पदाधिकारीहरुले विधानतह सम्पुर्ण पार्षद सदस्यको २५% सदस्यले पार्षद भेला वोलाउन हस्ताक्षर संकलन गरी पार्षद अधक्ष्यलाई निवेदन हस्तान्तरण गरेको सत्य हो भने कुनै पनि हालतमा अव यसको केन्द्रिय समितीले पार्षद भेला वोलाउनु पर्ने देखिन आएको र नेपाली समाजको पदाधिकारीहरु विच देखिएको विभाजनको सामाधान पनि अव उक्त भेलाले नै सामाधान गर्ने कुरा प्रति सवै पदाधिकारीहरुले स्विकार गर्नु वाहेक अन्य विकल्प छैन् । र उक्त विकल्पनै प्रजातान्त्रिक एवं संस्थाको हितमा देखिन्छ । 
वास्तवमा नेपाली समाजलाई छाता संगठनको अवधाराणा वनाउने क्रममा नेपाली समाजमा अवद्ध भएका संघ संगठनले गर्ने हरेक कार्यमा नेपाली समाजले प्रतक्ष्य रुपमा आर्थिक , भौतीक सहयोग गर्नु पर्नेछ भन्ने कुरामा छाता संगठन वनीसके पछि कुनै पनि नेतृत्वले ति संगठनहरुलाई आर्थिक र भौतिक रुपले सहयोग गरीएको देखिन नआउनुका कारण नै आज नेपाली समाज भित्र सुचिकृत हुन चाहाने संस्थाहरु र भएका संस्थाहरुले नेपाली समाजवाट निस्कदै गएका छन् । नेपाली समाज केवल उक्त कार्यक्रमहरुमा अतिथीको आसन ग्रहणमा मात्र उपस्थिती हुने क्रमले यसको छाता संगठनको अवधारणा नै गलत भएको पुष्टि भएको छ । नेपाली समाज जसले विगत देखिनै नेपालीहरुको प्रत्येक समस्या समाधानको दिशामा गतिशिल थियो । आज त्यो रुपमा त्यस किसीमले सक्रिय हुन सकेको छैन् । जसको मुल कारण भनेको यसको केन्द्रिय नेतृत्वमा रहेका पदाधिकारीहरु कुनै गुट , समुह , राजनैतिक आवरण र व्यतिगत मनोकाक्षांको प्राप्ति र यसको केन्द्रिय नेतृत्वमा रहे पछि प्राप्त हुने प्रतिष्ठाकालागी मात्र नेतृत्वमा रहने महत्वकाक्षांका करक हो ।
जसले गर्दा उक्त व्यति आफनो समुहको सेरोफेरो भित्र मात्र स्थापीत हुन गएको छ । जसले गर्दा आज युएईमा नेपाली समाज भित्र विभिन्न समुह वनिरहनुका साथै समाज उक्त समुह प्रति वफादार वान्दै समुहको टकरावको रागहरु हामी विच छरपस्टिएका छन् । त्यसकै कारण आज युएईमा हिजो नेपाली समाजले प्राप्त गरेको प्रतिस्ठा र कार्यको उचाई रसातलमा भासिदै खुईलिदै गएको छ । त्यसैले अव नेपाली समाजका नेतृत्वले पार्षदको भेला वोलाई नेपाली समाजको नेतृत्वले गरेको २ वर्षे कार्यकालको लेखाजोखा एवं यसका केन्द्रिय नेतृत्वले लिएको नितिको पुनर मुल्याकंन गर्दै । यसको नेताहरु जो निर्वाचित भए पश्चात कुनै पनि वैठकमा उपस्थित भएका छैनन् । कोहि नेतृत्वमा वसेर नेतालाई तानाशाह भनिरहेका छन् उसले गरेको कार्यको फेरिहीस्ता वुझने वेला आएको छ । र पार्षदले नेपाली समाजलाई जिवन्त वनाउन स्वास भर्ने कार्य गर्नेछन्। 

No comments: