गोविन्द खड्का
घोराहि दाङ १३ ,माघ
खुलादिसा मुक्त अभियानलाई शसक्त बनाउन गाविसहरुलाई जिविसको एमसिपीएममा फेल गराउनुपर्ने जिल्लामा कार्यरत सामाजिक परिचालकहरुले खानेपानी सरसफाई स्वच्छता समन्वय समितिलाई सुझाव दिएका छन् ।जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले बुधवार घोराहिमा गरेको अन्तरकृया कार्यक्रममा उनिहरुले अभियान सफल बनाउन सवैकिसिमका उपाए अपनाउन सुझाव दिएका हुन् । गाविसका वासिन्दा एवं सेवाग्राहिलाई मात्रै सेवा सुविधा रोक्दा शौचालय बनाएकाहरु अभियानमा नजोडिने भन्दै फेल गराउन सुझाव दिएका छन् । ‘गाविसको ईज्जतको कुरा हुन्छ । बजेट कम आए सवैलाई घाटा पनि लाग्छ । शौचालय बनाएर पनि सबैले नबनाउँदा दिसा खानुपरेजस्तै ईज्जतमा पनि समानता हुनुपर्छ ।उनिहरुले भने ।
सबैजसो गाविसवाट उपस्थित सामाजिक परिचालकहरुले गाउँमा गएर तथ्याङ्ग संकलन गर्ने र गाविसको सरसफाई योजना बनाउने प्रतिवद्धता जनाएका छन् । साथै सरसफाई सम्वन्धि सडक नाटक देखाउने, साँस्कृतिक कार्यक्रम गर्ने, राजनैतिक दलहरुलाई अभिमुखिकरण गराउपर्ने लगाएतका सुझाव दिएका छन् । उनिहरुले गाविस सचिव, सामाजीक परिचारल र उत्प्रेरकको समन्वय नभएको भन्दै संयुक्त कार्यक्रम को माग गरेका छन् । विद्यालयमा सचेतना र गाविसका सवै संगठन, समुह सञ्जाललाई परिचालनमा विशेष प्राथमिकता दिनु पर्ने सुझाव दिएका छन् । भने महिला संवन्धि निकाएको भुमिका महत्वपुर्ण हुने उनिहरुको तर्क थियो ।
यसैगरी गाविसमा नियमित काम गर्ने ट्रिगरलाई शौचालय निर्माण गरेको संख्याका आधारमा प्रोत्साहन दिन पनि भनेका छन् । भने व्यक्ती वा संस्था जस्ले योगदान गर्छ त्यसलाई पनि उत्साह बढाउन भनेका छन् । खुला दिसा मुक्त अभियान एक पटक आउने अबसर भन्दै आफु हिरो बन्न हरेक प्रयास गर्ने बताए । पटक पटक अबसर नआउने भन्दै जुत्ता चप्पल खियाउन आफुलाई रहर लागेको बताए । महिनामा दुईपटक नियमित अनुगमन गर्नपर्ने, नभएकाहरुमा अभिमुखिकरण गर्न जोड दिने र अभियानका अभियात्रीलाई जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले नियमित सम्पर्क गरी गतिविधि बुझे अभियान तिव्रहुने बताए । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका ईन्जिनियर विपुल लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा अर्का ईन्जिनियर तिलक न्यौपानेले र सव ईन्जिनियर तिल बहादुर केसीले सहजिकरण गर्नुभएको थियो । भने सहभागिहरुको तर्फ वाट शुष्मा रेग्मी र गोविन्द पुन मगरले मन्तव्य राख्नुभएको थियो ।
No comments:
Post a Comment