भाईराम चौलागाई
कुवैत सिटी फेब्रअरी १८ । मेची-महाकाली बृद्धाश्रमको सहयोगार्थ आयोजना गर्न लागिएको च्यारिटी शो को तयारी जोड तोडका साथले भै रहेको छ। ८ मार्च मा कुबेतको जिलिब आबासिय स्थित इण्डियन इण्डिग्रेट स्कुलमा आयोजना गरिने सास्कृतिक कायक्रममा गायक राजेश पायल राइ र धिरज राइ ले आफ्ना पुराना तथा नया गितले दर्शकलाई भरपुर मनोरन्जन दिनेछन। भने यौटा खुटाले डान्स गरि अतिनै ख्याती कमाएकी चर्चित डान्सर रोमा न्यौपानेको नृत्य को साथमा स्थानीय कलाकार हरुको पनि प्रस्तुति रहने छ। नेपालका चर्चित गायक दोय राजेश पायल राइ र धिरज राइ आउने भएपछि यो कार्यक्रमका लागि कुवैत स्थित आम प्रबाशी नेपाली निकै उत्साहित भएका छन ।
धरै भन्दा धरै दर्शक उपस्थित गराउने उदेश्यका साथ लागी परेको मेची महाकाली बृदा बृद्धाश्रले अहिलेको आफ्नो प्रचार लाई ब्यापक बनाइरहेको छ जस अनुसार चोक चोक मा पर्चा बितरन गरिएको छ भने नेपालीहरु जमघट हुने ठाउँ मा पोस्टर लागियको छ।त्यस्तै स्थानीय अन लाईन मिडिया र फेस बुक बाट पनि जोड तोडका साथ प्रचार प्रसार भैरहेको छ। भने यस कार्यक्रमको मुख्य प्रायोजक यु ए इ एक्सचेन्जले अहिले अफर स्वरुप गोल्ड कार्ड हुने आफ्ना ग्राहक को लागी कुपन खुलाएको छ यु ए इ एक्चेन्जको गोल्ड कार्ड भएको जो कोहिले त्यो कुपन पाउनेछन । जुन कुपन लिएर जानेले प्रवेश शुल्क ३ के डि मात्र तिर्नु पर्नेछ भने यो कुपन नहुनेको लागी प्रवेश शुल्क ४ के डि रहेको छ ।मेची महाकाली बृद्धा आश्रामको च्यारिटी शो को लागि। कलाकार हरु मार्च ६ तारिख कुबेत आइपुग्नेछन भने कार्य क्रम ८ तारिख (शुक्रबार)मध्यान्ह १२ बजे बाट सुरु हुनेछ।
कुवैतबसी नेपाली हरुको बहुप्रतिछित कार्यक्रम प्रबाशी हरुको मानब सगरनै उर्लने र कुवेतको इतिहासमानै सफल कार्यक्रम हुने आयजोक दाबी छ। सेवाको भावले सम्पन्न हुन गैरहेको यस कार्यक्रमको सम्पूर्ण मुनाफा (फाइदा) मेची-महाकाली बृद्धाश्रमको सहयोगार्थ नेपाल पठाइने मेचीमहाकाली बृद्धाश्रम कुवैत शाखाका अध्यक्ष धर्मराज गिरीले जानकारी दिनुभएको छ।बृद्धाश्रमको सहयोगार्थ अनि अतिनै चर्चित गायकको साथमा कार्यक्रम भब्य रुपमा समपन्न हुनेमा दुइ मत छैन।कार्यक्रम भब्य रुपले सम्पन्न होस् खाडी न्युजको तर्फ बाट सफलताको अग्रिम शुभकामना।।।
No comments:
Post a Comment