काठमाडौ, फाल्गुन ७ - भारतीय राज्य नागाल्याण्डका गृहमन्त्री इमकोङ एल इमचेनका हतियार र बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । अर्को महिना हुने बिधान सभा चुनावको प्रचारको लागि जाँदै गरेका गृहमन्त्रीको साथबाट एक करोड १० लाख नगदसहित, मदिरा र बिष्फोटक पदार्थ भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इमचेन २०६७ असार १६ गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा नौ लाख भारु सहित पक्राउ परेका थिए । तर, नेपाल प्रहरीले उनलाई बिना कुनै कारवाही ७ घण्टा नियन्त्रणमा राखेर छाडिदिएको थियो ।
असम राइफल्सबाट खटिएका जवानहरुले गृहमन्त्रीको गाडीको खानतलासी गरेका थिए । गृहमन्त्रीलाई स्थानीय प्रशासनको जिम्मा लगाइएको छ । उनी आफ्नो क्षेत्र कोरिडांगा जाँदै गर्दा कोहिमामा पक्राउ परेका हुन् । उनी नागल्याण्ड पिपुल्स प|mन्ट पार्टीबाट चुनाव जितेर गृहमन्त्री बनेका थिए ।
दुई दिन अघि चुनाव आयोगले यही पार्टीका अर्का उमेदवारको साथबाट एक करोड भारु बरामद गरेका थिए । चुनाव क्षेत्रमा मदिरा र रकम बाँडेर उमेदवारले जनता प्रभावित पार्न खोजेपछि चुनाव आयोग चिन्तित बनेको छ ।
No comments:
Post a Comment