Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 18, 2013

निर्माण मजदुर ११ तलामाथिबाट खस्दा सख्त घाइते


पासाङ्ग मोक्तान
ललितपुर, बालकुमारी वेस्टर लाइफ स्टाइल प्रा.लि.मा कार्यरत दाङ्ग लालमटियाका वर्ष २१ का शान्तराम चौधरी २०६९-९-२० गतेका दिन निर्माणाधिन भवनको ११ तलाबाट खसेर दुर्घटना भएको छ ।  उहाँको दुई वटै खुट्टा भाँचिएको र शरीरका केही भाग नचल्ने अवस्थामा बी एण्ड बी अस्पतालमा उपचार भईरहेको छ ।
त्यहि कम्पनीमा कामदारको रुपमा कार्यरत कृष्ण थापा पाँच महिना अगाडि दुर्घटनामा परी आफ्नो शरीरको मेरुदण्ड भाँचिई केहि उपचार पछि कोठामा रेष्टमा बसेका छन् । जो जीवनभरी काम गरी खान नसक्ने अवस्था भएकोले निज पीडितलाई उचित उपचार र काम गर्न नसक्ने अवस्थामा खानलाई क्षतिपूर्ति उपलब्ध हुनुपर्छ भनी त्यस कम्पनीमा कार्यरत सम्पूर्ण मजदूरहरुको माग रहेको छ ।

No comments: