Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 18, 2013

सम्पादक नं. ४२० (कथा)


सागर ‘मणि’ थापा

मैले प्रतीक्षा गरेको त्यो अंक पनि कोपिला नबन्दै उखेलेर फालेको फूलको बिरूवाझैँ हुन पुग्यो । कुरा के भने साथी गजेन्द्र अकेलाकी एउटी प्रेमिका थिइन् । उनको नाम सविना थियो । उनलाई पनि साहित्यिक हावाले मज्जैसंग छोएको थियो । चालीसेले विकल उपनाम झुण्ड्याए । त्यसैगरी कसैले प्यासी राखे । अनि कसैले अन्जान । सविनालेचाहिँ नामको पछाडि अंकित गरिन् निर्मोही भनेर । त्यत्ति गतिली लेखिका त होइनन् तर केही संपादकहरूलाई उनले आफ्नो ब्यागमा राखेर हिँड्ने गर्दथिन् । कुरा उही हो, बुझे भइगो । मलाई उनै सविना निर्मोहीसंग साथी अकेलाले एउटा कार्यक्रममा परिचय गराएको थियो । त्यो हाम्रो प्रत्यक्ष भेटघाट थियो । खासै भन्ने हो भने त्यो लुच्चाले प्रख्यात साहित्यिक पत्रकार तथा प्रकाशक गजाधर पथिकसंग मिलन गराउने कसम खाएको थियो । परन्तु, उसकी पे्रमिकाको अनुहारलाई पो दर्शन गरायो । घनिष्ट प्रेम परेको प्रमाण दिन खोजेको रहेछ । युवती, त्यसमाथि कवयत्री ! मभित्र भावनाका छालहरू उत्पातसंग उर्लिन थालिहाले । अटेसमटेस किसिमले प्रश्नका पर्राहरू क्रमशः छुट्न थाले—‘अँ त निर्मोहीजी, मेरा कृतिहरूमा पनि दृष्टि लगाउनु भएकै होला । मन विचरण गराउनु नै भएको होला । कस्तो लाग्यो तपाईँलाई ? केही टिप्पणी सुन्न पाए...।’
‘मैले तपाईँका दुई–चार थान कविता पढेकी थिएँ । खासै गतिला लागेनन् ।’ मेरो आशक्तिको विरूवालाई उनले यसरी निमोठेर फालिदिइन्, मैले ऐया पनि भन्न सकिनँ । उनी धक्कू लगाउँन थालिन-‘मैले तपाईँका अन्य कृतिहरूतिर आँखा लगाउनै पाएकी छैन । आफ्नो रचना लेख्दैमा फुर्सद छैन । संपादकहरूले रचना मागेर हैरान पार्छन् । आज पनि एकजना प्रकाशक तथा संपादकलाई नभेटी भएको छैन ।’ उनको प्रेमी गजेन्द्रले आग्रह ग¥यो- ‘तिमीले पथिक सरको कुरा गरेकी होइनौ ? यो मित्रसंग पनि परिचय गराइदेऊ न है ?’ उनको भागै खोस्न आएकोजस्तो गरेर सहमति जनाउन गाह्रो मानिन् सिकारू कवयत्री सविना निर्मोहीले । 
 पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कविले साहित्यिक दर्शनबारे विवेचना गरिराखेका थिए तर कतिपय लेखकहरूलाई मतलवै थिएन । उनीहरू आ–आफ्नै तालमा मस्त थिए । संपादक गजाधर पथिक पनि पकेटका केही महिला कविहरूलाई जम्मा पारेर गफ चुटिरहेका थिए । सविनाले उनीसंग हात मिलाइन् । नरम हात, चाँडै छोड्ने त कुरै थिएन । मेरो साथी अकेलालाई द्विविधा भैरहेको थियो, प्रेमी आफू हो कि पथिक सर ? उसले मलाई अघि सार्दै परिचय गरायो— ‘पथिक सर, यो मेरो लेखक साथी । के.के. विराग क्या त ।’ उसले नाम र उपनाममा किन पनि जोड दियो भने, कृति पढेको हुन सक्छ तर भौतिक देह नदेखेको होला । संपादकले चासो दिएकै हुन् । नत्र यस्तो जिज्ञासा प्रकट्याउँदैनथे— ‘विराग त टाइटल रहेछ, त्यो मैले बुझेँ । तर..।’ उनको जिज्ञासा मेरो नामबारेमा थियो । मैले नै अथ्र्याइदिएँ— ‘कृष्णकान्त । अर्थात् के.के. विराग । मैले हात मिलाउन अघि बढाएँ तर उनको उत्सुकता हराइसकेको थियो, जति अघि निर्मोहीको हात मिलाउँदा थियो ।
त्यहाँ १÷१ प्रति विमोचित किताब उपहार दिन थालिएको थियो । सवितासहित महिला कविहरू यसरी कुदे, लाग्थ्यो म्याराथन भइरहेछ । किताब पाएपछि दर्शकहरू किन बसिरहन्थे र । उद्देश्य पूर्ण भैहाल्यो । तताए आ–आफ्नो बाटो । मेरो साथीकी प्रेमिकाले उसलाईभन्दा बढी  माया आगामी अंकमा छापिने गजललाई गरिरहेकी छिन् भन्ने भान पर्ने व्यवहार गरिरहेकी थिइन् ।
अर्को दिन म एक्लै गजाधर पथिकको कार्यालय पुगेँ । पहिला त काउन्टरमा बस्ने केटीले लफडा झिकिन् अप्वाइन्टमेन्टको । मैले भिजिटिङ कार्ड देखाइदिएँ । उनले जाने अनुमति दिइन् । संपादक गजाधर पथिक दुईजना नारीरत्नहरूको बीचमा सोफामा बसिरहेका रहेछन् । गिद्धले पँखेटा फिजाएसरी आफ्ना कर्मठ बाहुहरू उनीहरूकोे कुम–कुममा अड्याइराखेका थिए । सायद अन्यको पालो पुगेर हो कि, अर्को सोफासेटमा बसेर गफ मारिरहेका थिए । मलाई देख्नासाथ सबैजना सम्हालिए । पथिक सर उठेर घुम्ने मेचतिर सरे । उनको वक्रदृष्टि पनि मतिर प¥यो । मैले मेरा कृतिहरू उनको टेबुलमा राखिदिएँ । उनले एउटा कृति उठाएर कभर निहारे । म सामुन्नेको मेचमा बसेको थिएँ । पुलिसले चोरलाई केरेझैँ मसंग वयान लिन थाले उनले— ‘मैले दिएको समयभन्दा किन पहिल्यै आउनुभयो भन्नोस् त ?’ उनी आफू निकै व्यस्त भएको वयान गर्दै नारी कविहरूसंग साहित्यिक भलाकुसारी चलिरहेको गफ दिन थाले । उनी पैसाका मामिलामा निकै कन्चुस र आशामुखी छन् भन्ने कुरा मलाई थाहा थियो । अतः म पूर्वतयारी गरेर गएको थिएँ । मैले पथिक सरको साहित्यिक पत्रिकामा आफ्नो कार्यालयको विज्ञापन छपाउन हाकिमबाट स्वीकृति पत्र लगेको थिएँ । त्यो पत्र उनको हातमा दिएँ । व्यहोरा अवगत भएपछि एकाएक उनको अनुहारमा चमक देखाप¥यो । उनले वास्तविकता खुलाउँदै लेक्चर छाँट्न थाले— ‘ हेर्नोस्  विराग भाइ, यो साहित्यिक पत्रिका चलाउनु भनेको त आकाशे खेतीजस्तै रहेछ । कहिले सप्पै बिक्छ । कहिले त एउटा पनि बिक्तैन । खालि वार्षिक सदस्यहरूको भरमा चलाउनुपर्छ । वास्तवमा भन्ने हो भने यी नारीरत्नहरूको मदतमै निर्भर छ मेरो पत्रिका ।’ मैले उनको आशय बुझिसकेको थिएँ । तसर्थ आफ्नो दर्शन छाँट्न थालेँ— ‘नोकरी भएको मान्छेले लेखकस्वप्रति ¥याल चुहाउनु हुन्न । म पनि लेखकस्व माग्नेवाला छैन ।’ — ‘उत्तम, अत्युत्तम ।’ पथिक सर खुसी देखिए । 
मैले संपादक तथा प्रकाशक गजाधर पथिकलाई सक्दो सहयोग गर्दै गएँ । उनले मेरा थोरै कविताहरू मात्र छाप्न थालेका थिए । उनी यस्तो लोभी र कन्चसु थिए, रचना छापिनासाथ महँगो रेष्टुराँमा लगेर मासुभात र स्कच ख्वाउनु पर्दथ्यो । अति भएपछि मैले भन्दिएँ— ‘पथिक सर, मैले नोकरी छोडेँ । अब त तलब पनि दिँदैनन् अनि विज्ञापन पनि दिँदैनन् ।’ त्यो समयदेखि हाम्रो सम्वन्धमा दरार पैदा भयो । निकै लामो समयसम्म मेरा रचना प्रकाशित नभएपछि मैले कड्केर सोधेँ— ‘संपादकज्यूले मेरा रचनाहरू किन रद्धीको टोकरीमा फालिदिनु भयो ? त्यो मेरो ‘ढलेको श्रीपेच’ शीर्षकको कविता किन छाप्नु भएन भन्नोस् त ? अब त देशमा लोकतन्त्र स्थापना भैसक्यो नि होइन र ? फेरि किन सामन्तहरूलाई खुसी पार्न चाहनुहुन्छ तपार्इँ ?’ —‘जाबो एउटा, दुइटा कृतिको मालिक भइटोपल्दैमा सबै कुरामा निपूर्ण छु भन्ने घमण्ड नगर्नोस् न विराग । संपादकको टेबुलमा आएजति सबै रचना छाप्नैपर्छ भन्ने वाध्यता छैन । उपयुक्त र राम्रो भए छापिन्छन् । नभए..।’ संपादकले आफ्नो अधिकारको धमास देखाउँदै भने । मैले बहसलाई अझै जटिल बनाइदिएत्यसोभए राम्रो रचनाको परिभाषा दिनोस् न त संपादक महोदय । मेरो “मलाई पनि महाराज बन्न मन लाग्यो” शीर्षकको कवितामा के खोट देख्नुभयो यहाँले ? स्पष्ट बताइदिनु भए आभारी हुने थिएँ ।’ अहँ, उनीसंग जवाफ थिएन । नालायक नेपाल सरकारका उच्च अधिकारीहरू भूतपूर्व राजाको चाकरीमा सारा राष्ट्रिय शक्ति खर्चिरहेका थिए । उनका आसेपासेहरूले श्री ५ कै हैसियतमा ठाउँठाउँमा अभिनन्दन गरिरहेका थिए । धनको बलमा जयजयकार खाइरहेका थिए भू. पू. राजाले । लोकतन्त्र आए पनि हामीजस्ता साधारण लेखकलाई तिनै पूर्वशासकहरूको शक्तिरूपी हाउगुजी देखाएर स्वतन्त्रताको काफलगेडी खानबाट वञ्चित गराइयो । मेरो त्यो महाराजवाला कविताको भाव के थियो भने, यदि हामी सबैले आफूलाई महाराज घोषणा गरिदिने हो भने ती भूतपूर्व महाराजको भ्रम टुट्ने थियो र उनी आफ्नो औकातमा बस्ने थिए । तर पथिकजस्ता केही पतित पत्रकारहरूको चाकरीले चौथो अङ्गको धज्जी उडिरहेको थियो । 
एकदिन मलाई संपादक पथिककै डेक्सगर्लले उनका विरुद्वका सूचना र सामग्रीहरू उपलब्ध गराइदिइन् । संपादक गजाधर पथिक त पतित मान्छे भएको प्रशस्तै प्रमाण फेला परेको थियो । मैले गणतन्त्रवादी पत्रकार चरित्रमान नेपालीलाई गोप्यरूपमा भेट गरेँ । मैले पथिकसंग सम्बन्धित सबै फोटाहरू देखाएँ । तर उल्टै मैलाई उल्लू बनाउने तर्क गर्न थाले नेपालीजीले—‘के काम दिन्छ यस्ता तस्विरले ? जमाना अहिले कम्प्युटरको छ । कसैलाई बदनाम गराउन “ट्रिकफोटाहरू” जति पनि बनाउन सकिन्छ ।’ —‘यसको मतलव यहाँले त्यो गजाधर पथिकलाई असल पत्रकार र लेखक भन्ठान्नु भएको हो ?’ एक्कासी मेरो कम्पारो तातिहाल्यो । म अलि उत्तेजितिँदै बोलेँ—‘तपाईँले वर्गीय स्वार्थ हेर्ने कि विकृतिविहीन वर्ग निर्माण गर्ने पत्रकारज्यू ? गजाधर पथिकजस्तो कलङ्गलाई राष्ट्रको चौथो अङ्गमा लुकाएर राख्न चाहनुहुन्छ तपाईँ ?’ अहँ, उनले अरू स्पष्टीकरणको आवश्यकता देखेनन् । 
पथिकजी निवन्धकारकोरूपमा पनि परिचित थिए तर करिब दशवटा किताबबाट चोरेर लेखेको प्रमाण मैले भेटेको थिएँ । ती दशैजना मूर्धन्य लेखकहरूलाई साक्षीकोरूपमा उपस्थित गराउन सफल भइयो । उनका कालाकर्तुतजन्य सबै तस्विरहरू विभिन्न पत्रिकाहरूमा छापिए । ओहो ! पत्रकार बन्न इच्छुक व्यक्तिले समेत तीनपल्ट सोच्नुपर्ने स्थिति देखियो । अन्ततः साहित्यिक पत्रकार एवं संपादक गजाधर पथिक जेल परे । उनको प्रकाशन सँस्था “बाङ्मय सेवा” पनि खारेजीमा प¥यो । 
म र साथी अकेला उनै पथिक सरलाई जेलमा भेट्न पुगेका थियौँ । सन्जोगवश उसकी पूर्वप्रेमिका सविना निर्मोहीसंग जम्का भेट भयो । देख्नासाथ साथीले मुख बिटुल्याइहाल्यो—‘थुइक्कः नकचरी । यस्तो फटाहा र ४२० चोरको संगतमा लागेर मेरो पवित्र प्रेमको हत्या गरिस् होइन ?’ —‘गजेन्द्र । बढ्ता मुख नचलाऊ तिमी ।’ निर्मोहीले राम्रै मुखले चेतावनी दिइन्—‘मलाई तिमी मन परेन, प्रेम गर्न छाडिदिएँ ।’ उनलाई गजेन्द्र मन नपर्नुको कारण एउटै थियो । एक समय ऊ निकै बिरामी प¥यो । टाइफाइडले करिब बाईस दिन सुतायो अस्पतालको बेडमा । एकातिर प्रेमी इन्तु न चिन्तु भएर लडिराखेको थियो । अर्कोतिर प्रेमिका भनाउदीचाहिँ संपादक पथिकको पछि लागेर साहित्यिक गोष्ठी र कविसंम्मेलनतिर रमाइरहेकी थिइन् । पछि लाग्दालाग्दै पथिकसंग निर्मोहीको ‘ऊ’ भएछ । अनि त उनकै निर्देशनलाई शिरोपर गरिकन निर्मोहीले गजेन्द्रलाई आठ हरफे प्रेमत्यागपत्र दिएकी थिइन् । त्यही बखतबाट उसले आफ्नो नाम पछाडि टाइटल राख्यो, ‘अकेला’ । प्रेमिकाको रिसले एकदिन उसले मेरो कविताको समेत दाहसँस्कार गरिदिएको थियो । एउटै पानामा उनको गजल र मेरो कविता छापिएका थिए । साथीले त मैँबाट लगेको पत्रिका...!
त, जेलको भेटमा उनले हाकाहाकी भन्दिइन्—‘तिमीसंग प्रेम न गरेकी थिएँ, बिहे त होइन नि । अबदेखि मसंग यस्तो कुव्यवहार नगर ।’ —‘बरू बिहे गरेपछि छोडेकी भए भन्न सजिलो पथ्र्यो— स्वास्नी थिई, पोइल गई । तर यो विछोडको परिभाषा के भनेर गर्ने मैले ?’ अकेला वहकिँदै थियो । उनी बाटो लागिसकेकी थिइन् । उनको रिस ‘जारप्रेमी’ माथि खन्यायो । डण्डीबाट हात छिराएर पथिकको कठालो समातिसकेछ । मुखमा थुकिदिएछ । उनी गार्डसंग सहायता माग्दै कराउन थाले—‘गुहार..गुहार । मलाई बचाऊ । मलाई...।।’

No comments: