काठमाडौं, फागुन ८ - प्रधानन्यायाधीश खिलराज रेग्मीले दलहरुको सहमति अनुसार पद नस्विकार्ने संकेत गर्नुभएको छ ।
प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन दलहरुबीच सहमति भएको भोली पल्ट मंगलवार विहान प्रधानमन्त्री बाबुराम भट्टराईसंगको भेटमा प्रधान्यायाधीश रेग्मीले यस्तो संकेत गर्नुभएको हो ।
श्रोतका अनुसार प्रधान्यायाधीश रेग्मीले सिधै पद अस्वीकार गर्ने नबताए पनि दलहरुको सहमति अनुसार आफु सरकारको नेतृत्व गर्न असमर्थ रहेको संकेत गर्नुभएको हो । श्रोत भन्छ ‘प्रधान्यायाधीशले सिधै सरकारको नेतृत्व गर्दिन भन्नुभएको छैन, तर उहाँका यस्ता शर्त छन् जुन पुरा गर्न राजनीतिक दल समर्थ छैनन् ।’
आफूलाई सरकारको नेतृत्व दिने विषयमा सवैजसो पार्टीभित्र विवाद भएको र आमनागरिकले पनि त्यसको समर्थन नगरेको पाएपछि प्रधानन्यायाधीश रेग्मीले विवादमा फस्न नचाहेको श्रोतले दावी गरेको छ ।
संविधानसभाको चुनाव गर्ने कार्यदेश दलहरुवीचको सहमति विना सम्भव नहुने र दलहरु चुनावका लागि प्रतिवद्ध नभएको निक्र्यौलमा पुगेका प्रधान्यायाधीश रेग्मीले सिधै पद अस्वीकार गर्ने नभनेर घुमाउरो बाटो लिएको पनि श्रोतको दावी छ ।
यसपछि दलहरुको छलफल पनि प्रभावित भएको छ । सहमति गरेका दलका नेताहरु अव कुन विकल्पमा कसरी छलफल गर्ने र प्रधानन्यायाधीशलाई सहमत गराउने भनेर आन्तरिक तयारी गरिरहेका छन् ।
दलहरुबीच राष्ट्रपति निवासमा छलफल हुने भनिएकोमा प्रधानन्यायाधीशको शर्तपछि छलफल सेना समायोजन विशेष समितिको कार्यालय नयाँवानेश्वरमा हुन लागेको छ ।
No comments:
Post a Comment