Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 2, 2013

एकीकृत नेकपा माओवादीको महाधिवेशन आजबाट हेटौंडामा


माघ २०। एकीकृत नेकपा माओवादीको महाधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ। २१ वर्षपछि हुन लागेको महाधिवेशनका लागि देशभरका माओवादी नेता कार्यकर्ता भेला भएका छन् । हेटौडाको हुप्राचौरस्थित मैदानमा दिउसो १२ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। हुप्राचौरमा हुने उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ता हेटौडा पुग्ने क्रम जारी छ।
 महाधिवेशनका लागि हेटौंडालाई दुलही झै सिंगारिएको छ । २५ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट ४ हजार ५ सयभन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहने माओवादीले जनाएको छ । माओवादीको महाधिवेशनले दिर्घकालीन जनयुद्ध गरित्याग गरी जनवादी क्रान्तिलाई पूर्णता दिई समाजवादी क्रान्ति गर्ने रणनीति तय गर्नेछ । महाधिवेशनका लागि तयार पारिएको प्रचण्डको प्रतिवेदनमा जनवादी क्रान्तिलाई पूर्णता दिई समाजवादी क्रान्ति आरम्भ गर्न उत्पादन सेना बनाउने प्रस्ताव गर्नु भएको छ ।
महाधिवेशनले माओवादीको नेतृत्वमा परिर्वतन नगर्ने बताइएको छ । प्रचण्डको प्रतिवेदन हेटौंडा औद्योगिक क्षेत्रमा भोलिबाट सुरु हुने बन्दसत्रमा पेश हुनेछ । माओवादी महाधिवेशन स्थलमा सुरक्षाका लागि १ हजार २ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने त्यति नै संख्यामा वाईसीएल कार्यकर्ता खटिएका छन् । माओवादीको महाधिवेशनलाई नै मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा नगरपालिका क्षेत्रमा महाधिवेशन अवधिभर मादक पदार्थ किनबेच र सेवन गर्न प्रतिबन्ध लगाएको छ । महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ कार्य समिति समेत चयन गर्नेछ ।
यसैबीच , एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालयको बैठकले मनोनित हुने २० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको टुंगो लगाएको छ । आज बिहान बसेको बैठकले १० प्रतिशत पुर्व लडाकु , ५ प्रतिशत राज्य समिति सदस्य र ५ प्रतिशत केन्द्रीय कार्यालयका प्रतिनिधि रहने निर्णय गरेको छ ।  

No comments: