Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 2, 2013

एमाओवादीलाई निर्वाचनबाट हटाउन विपक्षीलाई शान्ति मन्त्रीको चुनौति


काठमाडौ, १९ माघ । शान्ति तथा पुनःनिर्माणमन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलहरुलाई निर्वाचनबाट आफ्नो पार्टीलाई हराएर सरकारको नेतृत्व गर्न चुनौति दिएका छन् । 
तराई स्वतन्त्र न्याय मन्चले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा राजनीतिक गतिरोध  र त्यसको निकास विषयमा गरेको अन्र्तक्रियामा उनले गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा माओवादी सहभागि भएर सबैभन्दा ठूलो दल बनेको स्मरण गर्दै काग्रेस र एमालेलाई पनि सरकारमा आएर निर्वाचनमार्फत माओवादीलाई हराउन चुनौति दिएका हुन । 
प्रतिपक्षीहरुको अर्जुन दृष्टि निकास  र निर्वाचनमा भन्दा पनि सत्तामा भएको भन्दै सडकमा कराएर कुनै पनि हालतमा कुर्सी नपाईने उनले स्पष्ट पारे । 
मन्त्री रायमाझीले प्रतिपक्षी सरकारमा आएर निर्वाचनमा जान वा संविधानसभाको पुनःस्थापनमा जान तयार हुनु पर्ने भन्दै प्रतिपक्षीहरुको मुर्खताका कारण पनि आफूहरु नचाहँदा नचाहँदै पनि सरकारमा बस्न बाध्य भएको बताए । 
प्रतिपक्षीहरुले निर्वाचन नचाहेको भन्दै राष्ट्रपतिलाई विवादमा फसाउने काम समेत गरेको जनतालाई सत्ता भन्दा पनि निकास मात्रै चाहिएको दावी गरे । उनले भने–कुनै नेतालाई कुर्सी दिलाउन जनता सडकमा आउँदैनन । 
नेपाली काग्रेसका नेता डा नारायण खड्काले एक पटक घोषणा गरेको निर्वाचन गराउन नसके पछि त्यो सरकारले अर्को निर्वाचनको घोषणा गर्नै अधिकार नभएको बताए । 
माओवादीले अघि सारेको स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्तावमा कुन पार्टीको स्वतन्त्र ब्यक्ति भनि प्रश्न गर्दै कहिले पुनःस्थापना, कहिले चुनाव, कहिले स्वतन्त्र ब्यक्तिको कुरा गरेर जनतालाई नजिस्काउन चेतावनी दिए। 
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले सत्तापक्ष र विपक्ष आन्दोलनमा जादा मुलुकमा राजनीतिक अन्यौलता बढेको आरोप लगाउँदै प्रजातन्त्रको खोलमा सत्तापक्षले सर्वसत्ताबाद र प्रतिपक्षीले राष्ट्रपतिलाई उचालेर निरकुशता लाद्न खोजेको दावी गरे । 
उनले निकासको लागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा संविधानसभाको निवार्चन गराएर संविधान निर्माण गर्नु पर्ने भन्दै अहिले दलहरुले चुनावको ओठे प्रतिबद्धता ब्यक्त गरेर चुनावलाई टार्ने षडयन्त्र गरेको आरोप पनि लगाए । यस्तो भए प्रजातन्त्र समाप्त हुने उनको तर्क थियो । 
उनले जेठ भित्रमा निर्वाचन गर्नु पर्ने भन्दै चुनाव नगरे आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी दिए । उनले जेठमा चुनाव नगरेर राजनीति दलको हातबाट फुस्किने समेत दावी गरे । 
कार्यक्रमका सभापति भाग्यनारायण बैठकले अब निर्वाचनको विकल्प नभएको भन्दै एकैपटक संविधानसभा, संसद र स्थानीय निकायको निर्वाचन गर्नु पर्ने बताए । निर्वाचनकोलागि स्वतन्त्र ब्यक्तिको नेतृत्वमा जान समेत पछि पर्न नहुने धारणा राखे । 

No comments: