Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 2, 2013

महाधिवेशन पछि जेठमा निर्वाचन हुने गरी निकास निष्कने दावी


काठमाडौ, १९ माघ । अर्थमन्त्री वर्षामान पुनःले भोलीबाट हेटौडामा सुरु हुने पार्टीको सातौ राष्ट्रिय महाधिवेशनले शान्तिपूर्ण प्रतिष्पर्घात्मक राजनीतिको कार्यदिशा तय गर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले महाधिवेशनले मुलुकलाई शान्ति पूर्ण ढंगले परिवर्तनलाई संस्थागत गर्न तर्फ पार्टीलाई उन्मुख गराउने भन्दै एमाओवादी अहिले शान्तिपूर्ण प्रतिष्पर्घात्मक राजनीतिकको बाटोबाट जनताको मत जित्दै अघि बढ्ने बताए । 
उनले भने–महाधिवेशनबाट हामि बैचारिक रुपमा प्रतिष्पर्घा गर्दै अघि बढ्ने पार्टी निर्माण गर्छौ । अन्तर्राष्ट्रिय रुपमा एक कम्यूनिष्ट पार्टीले देश चलाउने परम्पराको विरुद्ध प्रतिष्पर्घा गर्ने पार्टीको निर्माण गर्छौ ।  २१ औ शताब्दिको आवश्यकता अनुसार रुपान्तरण हुँदै अघि बढ्छौ । पार्टीलाई निरन्तर परिमार्जन गर्दै लैजान्छौ । 
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा एमाओवादीका प्रभावशाली नेता समेत रहेका अर्थमन्त्री पुनले पार्टी शसस्त्र द्धन्दबाट शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण भए जस्तै अब जनताको अभिमतको विश्वासमा रुपान्तरण हुने भन्दै जनतामाथि भईरहेको उत्पीडन, राज्यपुनःसंरचनासहित पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको एजेण्डलाई महाधिवेशनले अझै प्रष्ट र धारिलो पार्ने दावी गरे । 
मन्त्री पुनले महाधिवेशनले पार्टीको अध्यक्ष उपाध्यक्ष निर्वाचन नगरी केन्द्रीय समितिमात्र निर्माण गर्ने जानकारी दिदै सोही निर्वाचित केन्द्रीय समितिले पदाधिकारीहरु चयन गर्ने जानकारी दिए । 
अत्यन्तै मितब्ययी ढंगले पार्टीको महाधिवेशन गर्न लागिएको दावी गर्दै त्यसको स्रोतको रुपमा ३५ सय महाधिवेशन प्रतिनिधीबाट प्रत्येक सँग ५ हजार रुपैया, ३ लाख ५० हजार संगठीत कार्यकर्ताको सहयोग र सुभेच्छुकबाट सहयोग संकलन गरिने भन्दै थोरै हुने अपुग मात्र उद्योगि ब्यवसायीहरुबाट स्वेच्छिक रुपमा लिईने स्पष्ट पारे । 
उनले भने– बाहिर आए जस्तो कुनै चन्दा आतंक छैन । यसबाट मुलुकको अर्थतन्त्रमा असर नपरोस भन्नेमा हामि सचेत छौ । खर्चकम गर्न नै हामिले हेटौडाको औद्योगिक क्षेत्रमा महाधिवेशन गरेका हौ । नेपालहरु त्यही बस्नु हुन्छ र मेसमै खाना पनि खानु हुन्छ । 
उनले पार्टी नीति विपरित चन्दा माग्नेलाई कारवाही गर्ने स्पष्ट पार्दै पार्टीमा भएको खर्चको सबै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । 
महाधिवेशनमा नेपाली काग्रेसबाहेक सबै दलका शिर्ष नेताहरु सहभागि हुने र २० विदेशी पार्टीको प्रतिनिधि सुभकामना दिन आउने निश्चित भईसकेको समेत उनले जानकारी दिए । 
महाधिवेशनले अब कहिल्यै पनि चन्दा नउठाउने बातावरण निर्माण गर्न कार्यकर्तालाई उत्पादनमा लैजाने नीति निर्माण गर्ने बैदेशीक सहायता, बैदेशिक लागनी प्रर्वद्धन, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माणको समेत नीतिहरु तय गर्ने उनले बताए । 
अर्थमन्त्री पुनले महाधिवेशनपछि जेठमा निर्वाचन हुने गरी निकास निस्कने समेत विश्वास ब्यक्त गरे । 
त्यसैगरी उनले अहिले राष्ट्रिय गौरवका आयोजना र पुरानो आयोजनालाई निरन्तरता दिने विषयमा बजेटको कुनै अभाव नभएको समेत उनले स्पष्ट पारे । 

No comments: