भाईराम चौलागाई
कुवैत सिटी फेब्ररी २ बिगतका बर्ष हरुमा झैँ आफ्नो रितिरिवाज,संस्कार साँस्कृति जोगाउदै आएको नेपाल तामाड.घेदुड.कुवेतको सोनाम ल्होछार कार्यक्रम नेपालका साँगितिक क्षेत्रका ख्यातीप्राप्त एवं चर्चित गायक रोज मोक्तान र हास्य व्यंग्य जगतका चर्चित हास्य कलाकार तक्मे बुढा (विल्सन बिक्रम राई) का साथमा कुवैत स्थीत आपसियामा भब्य रुपले सम्पन्न भयको छ।शुक्रबार दिउसो १ बजे बाट सुरु भयको कार्यक्रममा अतिथि कलाकार रोज मोक्तान र कलाकार तक्मे बुढा (विल्सन बिक्रम राई) को साथमा स्थानीय कलाकार हरुको उत्कृष्ट प्रस्तुतिले आम प्रबासी नेपाली दाजु भाई तथा दिदि बहिनिहरुले भरपुर मनोरंजन लिएका थिए। बौद्द धर्म बिधि अनुसार लामा गुरु बाट पाठ पूजा गरि बिषेश अतिथि कुवैतका लागि नेपाली राजदुत मधुबन पौड्यालले पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। नेपाल तामाड.घेदुड.कुवेतका सल्लाहाकार जितेन थिङले स्वागत मन्तब्य दिनुभएको थियो।भने महामहिम राजदुत मधुबन पौड्याल एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तमाङ, धर्मराज गिरी, निर्मल तमाङ ,मेनपावर एसोसिएसनका अध्यक्ष कल्यान कुमार श्रेष्ठ र यु ए ई एक्स्चेन्ज कुवैतका कन्ट्री हेड पान्सिली भार्की ले शुभकामना मन्तब्य दिएका थिए।
अतिथी कलाकार तम्के बुढाको उत्कृष्ट प्रस्तुतिले उपस्थित सबैलाई पेट मिची मिचि हास्न बाध्य पारेको थियो। यस्तै गायक रोज मुक्तान् ले पनि कलकत्ते काईयो र झम झमे इस्ट कोट गाउदा सम्पूर्ण दर्शक गित सगै झुमी रहेका थिए।स्थानीय बल कलाकार हरुले न रिसाउ मितिनी ज्यु बोलको गीतमा उत्कृष्ट नृत्य गरेका थिए।भने स्थानीय कलाकार अशोक लामा ,डुप्चन तामाड.,पुष्प वाईबा,कुवेतका लागि चर्चित नृत्य कलाकार मन्दी प्रधान दिलु बोम्जन, र बबिता लामा लोक गायक डिबि लोप्चन सुरेश ग्याबग तामाङ्ले अशोक लामा, रेशम लामा, दोर्जे लामा,राजु थिङ्, ले पनि उत्कृष्ट प्रस्तुति दिएका थिए यू ए इ एक्सचेन्ज कुवैत र हिमाल रेमिटले प्रयोजन गरेको कार्यक्रम राम बहादुर लामाको अध्क्षयतामा सम्पन्न भयको थियो। कार्यक्रममा नेपाली दुताबासका सम्पूर्ण कर्मचारीहरु,स्थानीय संघ सस्थाका प्रतिनिधि ,समाजसेबी स्थानीय पत्रकार र प्रबासी नेपाली हरुको उलेखनीय सहभागिता रहेको थियो आयोजकका तर्फ बाट घेदुङका उपाध्यक्ष अर्जुन तमाङले उपस्थित सबैलाई भोजन तामाङ्ग परिकारको ब्यबस्था गरेका थिए।
No comments:
Post a Comment