हल्लाका पछि नलाग्न सहयोगीको आग्रह
११ फागुन, काठमाण्डौं । हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्थाका बारेमा बिभिन्न हल्ला चलेपनि उनको स्वास्थ्य ‘हिजोकै अबस्थामा’ रहेको र अस्पतालमा उपचार चलिरहेको उनका सहयोगीहरुले बताएका छन् ।पारसको स्वास्थ्यअबस्थाबारे सामाजिक संजालमा बिभिन्न हल्ला चलेपनि त्यो सत्य नभएको थाइल्याण्डमा रहेका उनका सहयोगीले अनलाइनखबरलाई बताए ।’हिजो जे अबस्था थियो आज पनि त्यही हो, अबस्थामा कुनै फेरबदल भएको छैन’ पारसका सहयोगी सुनिल खड्काले भने ।
पूर्व राजा ज्ञानेन्द्रका निजी सचिव फणिराज पाठकले पनि बिहानैदेखि यस्तो हल्ला चलेर आफु हैरान भइसकेको बताउनुभयो । ‘खै कसरी यो हल्ला चल्यो, उहाँको अबस्था हिजो जे थियो आज पनि त्यही छ, उपचार चलिरहेको छ’ पाठकले अनलाइनखबरसँग भन्नुभयो- ‘उहाँको अबस्थामा फेरबदल हुनासाथ हामी जानकारी गराइहाल्छौ, हल्लाको पछि नलाग्नुस् ।’कोमामा रहेका पारस अचेत अबस्थामा छन् । ज्वाइं डा राजीव शाहीले मात्र उनलाई भेट्न पाएका छन् । स्वास्थ्य अबस्थामा अपेक्षित सुधार नभएका कारण परिवारमा चिन्ता थपिएको भए पनि उनको मत्यु नै भइसक्यो भनेर आएका हल्ला सही नभएको सहयोगीहरुले बताएका छन् ।यता नेपाल सरकारले पनि पारसको स्वास्थ्य अबस्थाबारे थाइल्याण्डस्थति दूतावास र अन्य च्यानलमार्फत् जानकारी लिइरहेको छ । ‘केहीवेर अघिसम्मको रिपोर्टमा स्वास्थ अबस्था हिजोकै अबस्थामा रहेको जानकारी आएको छ, उनको अबस्था बिग्रेको पनि छैन, सुध्रेको पनि छैन’ उच्च सरकारी स्रोतले अनलाइनखबरसँग भन्यो ।
हिमानी बैंकक जाँदै
यसैवीच पारशको अबस्थाबारे जानकारी लिन र भेट्न उहाँकी पत्ती हिमानी शाह आज थाइल्याण्ड जाँदै हुनुहुन्छ । श्रीमान पारससँगै छोरी पनि विरामी भएपछि जान नपाउनु भएकी हिमानी थाइ एयरवेजबाट आज अपरान्ह थाइल्याण्ड जाने कार्यक्रम तय भएको हो ।
No comments:
Post a Comment