- दाँया बाँया नगर्नु भन्छिन श्रीमतीले,
कसैको भर नपर्नु भन्छिन श्रीमतीले !!
मेरो मनको घर नै सुम्पीएको छु,
अन्त बसाई नसर्नु भन्छिन श्रीमतीले !!ज्यानै दिन्छु मै मा खुःशी हुनु हजुर,
आशु बनी नझर्नु भन्छिन श्रीमतीले !!सोझाको साथमा पनि भगवान हुन्छन रे,
कोहि संग पनि नडर्नु भन्छिन श्रीमतीले !!एकै छिन नदेख्दा हुन्छु एकोहोरो,
छाडी खोला नतर्नु भन्छिन श्रीमतीले !!ढुङ्गाले हान्नेलाई फुलले हान्नु रे,
रिस मात्र नगर्नु भन्छिन श्रीमतीले !!प्रसाद तिम्सीना
झापाली
हाल:-कुबेत,(मंगाफ)
फोन न. :- ५५७१३८१४
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment