काठमाडौं, फागुन १३- प्रधानन्याधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि मुख्य दलका शीर्ष नेताहरुबीच आइतबार पनि छलफल हुदैछ । आजको छलफल निर्णायक हुने नेताहरुको दाबी छ ।
मूख्य दलको बैठक बस्नु अघि प्रधानमन्त्री बाबुराम भट्टर्राईले प्रधानन्यायाधीश खिलराज रेग्मीसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीले रेग्मीसँग छलफल गरेपछि उनको धारणा अनुसार मुख्यदलहरुबीच छलफल हुने एमाले नेता भिम रावलले जानकारी दिए ।
यसअघि शनिबार बसेको मुख्य चार शक्तिको बैठककले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न देखिएको राजनीतिक र कानुनी अड्चन फुकाउने जिम्मा पाएको कार्यदललाई दिएको थियो ।
सेना समायोजन विशेष समितिको कार्यलय नयाँ वानेश्वरमा झण्डै ४ घण्टा बसेको कार्यदल बैठकले प्रधानन्याधीशले व्यक्त गरेको भनिएको भाषागत असन्तुष्टीलाई समेत संवोधन गर्ने गरी समग्र विषय टुंगाएको जनाईएको छ ।
कार्यदल सदस्य जितेन्द्र देवले प्रधानन्याधीशले ब्यक्त गरेको भनिएको भाषागत असन्तुष्टीलाई समेत संवोधन गर्ने गरी नागरिकता लगायत समग्र विषयमा सहमति गरी प्रतिवेदन तयार पारेको जानकारी दिए ।
उनले कार्यदलले तयार पारेको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइएको र आज सामुहिक छलफल गरेर प्याकेज सहमतिलाई अन्तीमरुप दिईने बताए ।
स्रोतका अनुसनर प्रधानन्यायाधीशले प्रधानमन्त्री हुन नमाने दलहरुबीच अन्य विकल्पमा छलफल सुरु हुने छ ।
No comments:
Post a Comment