Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, February 24, 2013

पारसको पेटको रक्तश्राव रोकियो (पछिल्लो बिज्ञप्तिसहित)


१३ फागुन, काठमाण्डौ । बैंकको समित्भेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस साहको पेटको आन्तरिक रक्तश्राव रोकिएको छ ।उपचारमा संलग्न चिकित्सकले आइतवार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा रक्तश्राव रोकिएको र रक्तचाप(ब्लड प्रेसर) सन्तुलनमा राख्न प्रयोग गरिएको औषधीको मात्रासमेत घटाइएको उल्लेख गरिएको छ ।
तर पारसको स्वास्थ्य अबस्थामा सुधार आएको भने बिज्ञप्तिमा उल्लेख छैन । अघिल्ला बिज्ञप्ति झैं यसपटक पनि पारसको स्वास्थ्य ‘स्थिति जटिल तर स्थिर’ रहेको उल्लेख गरिएको छ ।
केही महिनादेखि बैंककमा बसिरहेका पारस शाहलाई पाँच दिन अघि हृदयघात भएपछि समित्भेज अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

No comments: