करिब १० दिनअघि मियागी प्रान्तको इशिनोमिकीमा यो सुनको इँटा प्राप्त भएको थियो । सुनामी सहायता समूह र माछा बजारमा काम गर्ने व्यक्तिहरुलाई दुई किलोग्राम तौलको सुनका इँटाहरु प्राप्त भएका छन् । जसको बजार मुल्य २ लाख ५० हजार डलर छ ।एक स्थानीय पत्रिकाले यसलाई ‘सुनको सद्भाव’ भनेको छ । ११ मार्च २०११ मा जापानमा आएको ९ रेस्कट स्केलको भूकम्प र त्यसपछिको सुनामीका कारण करिब १९ हजारले ज्यान गुमाएका थिए भने फुकुशिमामा रहेको परमाणु संयन्त्र पनि ध्वस्त भएको थियो ।
इशिनोमिकी राजधानी टोकियोको उत्तर पूर्वमा करीब ३ सय ५० किमीको दुरीमा छ । यहाँ तीन हजार व्यक्ति मारिएका थिए र चालिस हजार भन्दा धेरै भवनहरु नष्ट भएका थिए ।
बन्दरगाह र माछा बजार सञ्चालन गर्ने कम्पनीका प्रमुखले आफूलाई दुई किलो सुनको इँटको एउटा पार्सल प्राप्त भएको बताएका छन् ।
पठाउनेको ठेगाना छैन
इशिनोमिकी फिश मार्केट लिमेटेडका प्रमुख क्यूनिओ सूनोले समाचार एजेन्सी एएफपीलाई भनेका छन् –पार्सल पठाउनेको केही जानकारी छैन । यो पार्सललाई विविध वस्तुका रुपमा उल्लेख गरिएको थियो । त्यसैले मैले बडो सावधानीसँग यसलाई खोलें । यसलाई खोलेपछि म चकित भएँ किनभने यसमा दुईवटा २४ क्यारेटका सुनका इँटाहरु थिए, जसलाई कागजमा बेरिएको थियो ।” सुन बाहेक त्यस पार्सलमा अरु कुनै सन्देश र फिर्ती ठेगाना पनि नभएको सूनो बताउँछन् । उनका अनुसार पार्सल उत्तरपश्चिमी शहर नागानोबाट पठाइएको सम्म थाहा भएको छ । सूनोले यो धनलाई माछा बजारको पुननिर्माणमा खर्च गर्ने बताए ।
यसै गरी इशिनोमिकीको पनरुद्धारका लागि काम गरिरहेको संस्था योशी कनिकोलाई पनि दुईवटा सुनका इँटा प्राप्त भएका छन् । उनीहरु भन्छन–“हामी यो दाताको सम्मान गर्छौ यसलाई बर्बाद हुन दिने छैनौं ।”
एजेन्सीको सहयोगमा
No comments:
Post a Comment