Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, February 5, 2013

मलेसियामा बिदेशी कामदारले बाषिर्क १८ सय रिंगेट लेभी तिर्नुपर्ने


  • भीमसेन चौलागाई 

    पेनाङ्ग मलेसिया ६ फेब्रअरी ,मलेसिया सरकारले बेसिक तलब मलेसियन रिंगेट ९०० बनाउने घोषना गरे लगतै मलेसियामा बाढी आएझै ओइरिएका कामदारहरु फेरी लागु भएको नया नितिबाट मर्कामा परेका छन ।  यहाँको अर्थ मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा सन् १९९२ को लेभीसम्बन्धी कानुन पुनः लागू गरिएको जानकारी दिएको छ । अब मलेसिया आउने हरेक बिदेशी श्रमिकले मासिक लेभी आफ्नै तलवबाट कट्टी हुनेगरि तिर्नुपर्ने छ ।  अहिलेको परिबेसमा पनि  ओवर टाईम काम बन्द गरेर साधारण काम गर्ने समय अबधी लाई लागु गर्दै सम्पूर्ण कम्पनीले ८ घन्टा काम गराउने तयारीमा रहेका छन जसनुसार लेभी, होस्टेल र यातायात शुल्क पनि कामदार बाट नै असुल्ने भएको हुँदा कामदार मर्कामा परेका हुन मलेसिया को बेसिक बढेको थाहा हुनेबित्तिकै धेरै मात्रा मा श्रमिक हरु धेरै पैसा तिरेर मलेसिया भित्रियका थिए जसनुसार अहिले पछुताउनु बाहेक अन्य बिकल्प नभएको भर्खरै आएका मोरङ्का टिका राइ बताउनु हुन्छ ।

    आफ्नो राम्रो भबिस्यको कल्पना गर्दै मलेसिया आएका श्रमिक हरु अब भने कसरी चर्को ब्याजमा लिएको रिन चुकाउने हो भनेर दुबिधा मा परेका छन । धेरै कम्पनी हरुले सस्ता बिदेशी कामदारहरु लाई ओभर टाईम काम दिएर स्वदेशी कामदारहरुलाई साधारण ८ घन्टा काम लगाउने निर्णय लाई उल्टयाउदै अहिले सम्पूर्ण कम्पनी हरु बिदेशी कामदारलाई ८ घन्टा मात्रै काम लगाएर स्वदेशी कामदारलाई ओभर टाइम कम दिने निस्कर्स मा पुगेका छन ।
    पुराना कामदार हरु घर फर्किने तयारीमा
    धेरै जसो साधारण १२ घन्टा काम चलेका कम्पनी हरु धमा धम ८ घन्टा मा झरेपछी पुराना कामदार हरुलाई झनै मर्का परेको छ । हिजो को दिन सम्मा मलेसियन रिंगेट ८०० बेसिक भएर १२ घन्टा काम गर्दा शिफ्ट अल्लाउन्स्, ट्राभल अल्लाउन्स सहिल मलेसियन रिंगेट १८००- १९०० थाप्ने कामदारहरु अहिलेको परिस्थितिमा मलेसियन रिंगेट ९०० मा लेभी सम्पूर्ण अल्लाउन्स कटाएर बस्न बाध्य रहेका छन । भने धेरै जसो कामदारहरु घर फिर्तीको तयारी गरिरहेका छन ।

No comments: