Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, February 5, 2013

वर्कस कप भलिबलको तयारी पुरा / नेपालमै पहिलो पटक नयाँ नियमका साथ खेलाईदै



भरत थापा 
नेपाल भक्तपुर ६ फेब्रअरी युवा खेलकुद समुह नेपाल भक्तपुरको आयोजामा हुन लागेको वर्कस कप भलिबल प्रतियोगीता तयारी पुरा भएको छ । भक्तपुरको शहिद स्मृती खेल मैदानमा बुधबार देखी संचालन गरीने प्रतियोगितामा नेपालमै पहिलो पटक भलिबलको नयाँ नियमका साथ खेलाईने भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगीतामा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपीएफ क्लब,जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मध्यपुर खेलकुद समुह, काभ्रे जिल्ला भलिबल संघ र आयोजक समुह युवा खेलकुद समुह नेपाल रहेको छ । प्रतियोगीताको पहिले खेल नेपाल आर्मी क्लब र आयोज समुह विच हुने भएको छ भने दोस्रो खेल काभ्रे जिल्ला भलिब संघ र मध्यपुर खेलकुद समुह विच हुने भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका सयोजक रविन्द्र खर्वुजाले बताउनुभयो । प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाईने आयोक समितिका अध्यक्ष एव भलिबलका एक मात्र अन्तराष्टिय रेफी गौतम लासीवाले बताउनुभयो । यो प्रतियोगिमा खेल्नेखेलाडीहरुको नेपाल भलिबल संघले मुल्याकन समेत गरीने बताउनुभयो । प्रतियोगीतामा भलिबलको अन्तराष्टिय सस्था फिवले जारी गरेको २०१३ देखी २०१६ को नया नियम अनुसार खेलाईने रेफ्री लासीवाले बताउनुभयो  । २९ गते सम्म जारी हुने प्रतियोगिता प्रथमलाई नगद रु ५० हजार, दितियलाई ३० हजार, तृतिय लाई २० हजार र चौथोलाई १० हजार नगद सहित सोही मुल्य बराबरको भक्तपुरमा निमार्ण गरीएको वर्कस कप , मेडल र प्रमाण पत्र प्रदान गरीने प्रचार समितिका सयोजक शिवराम धुख्वाले बताउनुभयो ।

No comments: