सिजन मिडिया
काठमान्डौ विगत तिन वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजीक सास्कृतीक तथा मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको सिजन मिडियाले यस वर्ष पनि “ मिस एयर होस्टेज” नामकरण गरी नेपाल भरका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकासको साथै एयर होस्टेज वन्ने इच्छा भएका र रोजगारीको अवसरको खोजीमा रहेका सहभागीहरुलाई सहयोग पुग्नुको साथै भविष्यमा सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले तेस्रो चरणको “ मिस एयर होस्टेज ” तेस्रो चरणको आवेदन फाराम खुल्ला गरिएको छ । आवेदन फाराम फागुन पहिलो सातासम्म भर्न सकिने छ ।
उत्त प्रतियोगीतामा जम्मा २२ जना प्रतियोगीहरु सहभागी गराइने छ । उमेरको हकमा १८ वर्ष देखि २५ वर्ष सम्मका कम्तीमा ५ फिट ३ इन्च उचाई प्सटु शिक्षा हासील गरेको नेपाली नागरिकता भएका सम्पूर्ण नेपाली इच्छुक नारीहरुले यस प्रतियोगीतामा सहभागी हुन पाउने छन ।साथै फागुन महिनाको पहिलो सनिवार मार्कोपोलो विजनेश होटल कमलपोखरीमा प्रथम चरणको छनौट आरम्भ गरीने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई मार्कोपोलो विजनेश होटल कमलपोखरीको हलमा प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा प्रतियोगीतामा सहभागीहरु लाई वढि मात्रामा हवाई क्षेत्रमा काम गर्न सजीलो र सहज होस भन्ने हेतुले दक्ष प्रशिक्षकहरुवाट विशेष कक्षाहरु पनि सन्चालन गराइने छ । पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । विभिन्न कलेजको भ्रमण साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषयहरुको जानकारी प्रदान गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । चैत्रको पहिलो साता काठमाण्डौमा अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुनेछ ।
प्रतियोगिताका विजेताले “मिस एयर होस्टेज २०१३”े ताज उपाधि सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सेवामा विमान परिचारीकाको रुपमा रोजगारीको अवसर प्रदान गरीने छ र स्नातक तहमा १ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्परहरु प्रदान गरीने छ । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई सेवामा विमान परिचारीकाको रुपमा रोजगारीको लागि आयोजकले आवस्यक पहल गरीदिने र १ वर्षको स्नातक तहमा छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनौट गरिनेछ ।
No comments:
Post a Comment