उमाकान्त पाण्डे गाउंले
अबुधाबी ( युएई ) - माघ २२ - गत साता सयुंत्त अरब एमिरेट्स युएईको अबुधाबीमा रहेको नेपाली दुतावासमा बिभिन्न प्रायोजनका लागि आउने नेपालीको सख्या अत्यधिक थियो । प्राय: काम बिशेषले जाने सेवाग्रहीको भिड दुतावासले थेगेकै हुन्छ । कतिपयको काम समयमै फत्ते भएको त कतिपयको काम बिबिध कारणले ढिलाई हुनु स्वभाबिक हो । तर यस् हप्ता दुतावासमा आउने मध्ये धेरेको काम पास्पोर्ट (राहदानी)नविकरण सम्बन्धी थियो ।
गुल्मी आंपचौरका दिल बहादुर घर्ती मगरले ( नाम परिवर्तनले ) दुतावासमा राहदानी नवीकरणका लागि निवेदन दिएको ३ महिना बढी भईसकेको बताए । भिसा सकिन ३ महिना मात्र थियो , त्यतीबेला सम्म नयाँ बनेर आउँला भनेर दुतावासमा निवेदन दिएको भए पनि अहिले सम्म नपाएकोमा दुखेसो पोखे । उनले भने 'समयमै आउन नसकेको भन्दै दुतावासका कर्मचारीले "अर्जेन्ट पत्र राहदानी" बनाएर थमाए',' ८० धिराम्श थप खर्च भयो समय पनि यत्तिकै घर्कियो।"
त्यस्तै रुपन्देही बुटवलका राज थापामगर आफ्नो नाबालक छोरिको राहादनी बनाउन दुतावास पुगेका थिए । युएईको सारजाहमा एक बहु प्रतिष्ठित कम्पनीमा कार्यरत उनी सारजाह बाट कम्पनीमा दुई दिनको बिदा मिलाएर दुतावास पुगेका थिए । छोरीको "अर्जेन्ट पत्र राहदानी" बनाएर उनी सोही दिन फर्किए । उता युएईको रसअलखेमामा कार्यरत अर्का नेपाली गोबिन्द भण्डारी "राहदानी नविकरण" गर्न दुतावासमा ३ महिना अघि निवेदन दिईसकेकोले पास्पोर्ट पाउने आशामा आएको बताए । दुतावासमा राहदानी नआएकोले दुतावास बाट नपाउने भए पछी उनी निरास देखिन्थे । उनले भने 'म कार्पेन्टरको रुपमा रसअलखेमामा कार्यरत छु , पास्पोर्ट कम्पनी सग थियो , भिसाको म्याद सकिन २ महिना मात्र बाँकी रहदा कम्पनीले पास्पोर्ट नयाँ बनाउनु पर्छ भने पछी , यहाँ (दुतावास) आएर निवेदन दिएको ३ महिना भयो अझै सम्म आएको छैन ।' भिसाको म्याद सक्किएकोले अब ओभर स्टे बापतको हजारौं रकम तिर्नु पर्ने हुन्छ, 'नेपालका कानुन भगवानले जानुन' भने जस्तो भयो उनले भने । दुतावासमा यस्तै काम लिएर आउने र काम नभएको भन्दै गुनासो गरी निस्कनेको सख्या बडि रहेको छ ।
राहदानीको समयाअवधी नसकिदै दुतावासमा संपर्क गरे समयमै काम फत्ते हुन सक्ने दुतावासका अधिकारिको भनाइ छ । समय रहुन्जेल कम्पनी सगै राहादानी रहने भएकोले समय घर्किए लगत्तै आउनेको सख्या धेरै हुने र समयमै काम हुन नसक्दा पिडा थपिनु स्वभाबिक भए पनि यस् तर्फ दुतावासले सक्दो सहयोग गरिरहेको दुतावासका अधिकारिको दावी छ । ति अधिकारिका अनुसार अहिले मेसिन रिडेबल पास्पोर्ट (एमआरपी) बनाउन लागे पछी केही समस्या थपिएको हो । कहिले कसो राहदानी आउन ढिलाई हुने गरे पनि यस् मा दुतावास र दुतावासका कर्मचारीको दोष नहुने अधिकारिको दाबी छ ।
दुतावासमा आएका सबै निवेदनलाई समयमै हामीले पररास्ट्रमा पठाउछौ , सबै जिल्ला बाट आउने राहदानीको निवेदनले खात लागेर बसेका हुन्छन पालैपालो गर्दा समय लाग्ने हो' दुतावासका द्वीतिय सचिव लोक बहादुर थापा क्षेत्रिले भने । नेपालमा राहदानी तयारी भए लगत्तै यता पठाउनु करीब एक हप्ता अघी हामीलाई खबर गरिन्छ, उता बाट आएको केही दिनमै सम्बन्धित ब्यक्तीलाई सम्पर्क गरी वितरण गर्ने गरिन्छ क्षेत्रीले भने । उनले भने,'यदी हामीकहां आएको छ भने तुरुन्त्त जानकारी गराउछौ,'आखिर यहाँ राखेर पनि हामीलाई काम लाग्ने बिषय रहेन त्यसर्थ हाम्रो प्रयास पनि सक्दो छिट्टो गर्नु नै रहन्छ',।
बैदेशिक रोजगारीका लागी बिदेशमा काम गर्दै गर्दा राहदानीको समय सक्कियो भने कामदार कार्यरत मुलुकमा रहेको नेपाली नियोगमा गएर राहादानी नवीकरण गर्ने गरिन्छ । युएईको नियोगको कार्यालय अबुधाबी मात्र रहेकोले अन्य प्रमुख शहरहरुमा रहेका नेपालीलाई दुतावास सम्म पुग्न एक दिन लाग्ने र केही गरी काम नभए पिडा थपिने गरेको गुनासो बडेको छ । हाल युएईमा रहेका सामाजिक संघसस्थाले समेत यस् मुद्दालाई प्राथमिकतामा राखेर दुबइमा कन्सुलेट कार्यालय खोल्नु पर्ने माग बडाएका छन ।
युएईमा कार्यरत तीन लाख बढी नेपालीले आफ्ना महत्वपूर्ण र अनिबार्य काम लिएर दुतावास पुग्दा समयमै काम नहुनु दु:खद भए पनि समयमै सबै सजग हुनुपर्ने देखिन्छ ।
No comments:
Post a Comment