१६ फागुन, काठमाडौं । एक साताअघि हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पूर्व युवराज पारसको हातगोडा चल्न थालेका छन् ।
अस्पतालले बुधबार साँझ जारी गरेको शाहको स्वास्थ जानकारीसम्वन्धी रिपोर्टमा भनिएको छ-’आज पारसको हातगोडामा केही सहज चाल देखिएको छ ।’ औषधीको प्रयोग विनै पारसको रत्तचाप (ब्लडप्रेसर) र मुटुको धड्कन नियन्त्रणमा आएको रिपोर्टमा उल्लेख छ ।
तर, हृदयघात भएसागै अचेत रहेका पारसको स्वास्थ्य अघिल्ला दिनहरुमा जस्तै ‘गम्भीर तर स्थिर’ नै रहेको कार्डिओलोजिस्ट डा. परिन्या कुनावतद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
No comments:
Post a Comment