Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, February 15, 2013

लालीगुराँस आवासीय माविको वार्षिकोत्सव


उदय जीएम
दाङ, ३ फागुन । सदरमुकाम घोराहीस्थित लालीगुराँस आवासीय माध्यमिक विद्यालयले बिहीवार विविध कार्यक्रमसहित आफ्नो ८ औं स्थापना दिवस मनाएको छ । विद्यालयका प्रिन्सिपल गोपालप्रसाद भुसालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव गहतराजले विद्यालयलाई जिल्लाको शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्यका साथ विद्यालय सञ्चालन गरिएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा कार्यालय दाङका उपसचिव रामलाल खड्काले संस्थागत विद्यालयहरुले सिर्जनशील र मौलिक पठनपाठनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच राम्रो समन्वय भएमा मात्र विद्यालयको शैक्षिक प्रगति हुने धारणा राखे । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नरेन्द्र केसीले लालीगुराँसले नामजस्तै काम पनि गर्न लालीगुराँस सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे । नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव सविन प्रियासनले लालीगुराँसले शैक्षिक क्षेत्रमा राम्रो प्रगति र उदाहरणीय काम गरेको उल्लेख गरे ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङका उपाध्यक्ष यादव गिरीले जिल्लाको शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै लालीगुराँसले पनि शैक्षिक क्षेत्रमा राम्रो योगदान दिइरहेको बताए । अभिभावक तथा अखिल नेपाल जनजाति सम्मेलन दाङका अध्यक्ष रामबहादुर जीएमले लालीगुराँस आवासीय विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापलगायत विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिइरहेको आफूले पाएको उल्लेख गरे । शिक्षक कमल घर्तीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको सो कार्यक्रमका सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल केशरमान बीसीले गरेका थिए ।
त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा शैक्षिकसत्र २०६८ मा नर्सरीदेखि कक्षा १० सम्म प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरु तथा अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको थिय

No comments: