प्रदिप नेपाली
कुवैत सिटी, २ फेब्ररी बिगत चार बर्ष देखि सकिय रुपले नेपाली समाज लाई सहयोग गर्दै आइरहेको जन–जागृती युवा समाज कुवेतको यही फेब्ररी २२ मा अधिबेसन हुने पक्का भएको छ।स्थापनाकाल देखि नै श्री दिपक क्षेत्री को अध्क्षयतामा सन्चालित यो सँस्थाले बैदेशिक रोजगारीमा पर्न सक्ने समस्या र अरु विभिन्न कारणले पिडित बनेका आम नेपालीलाई सहयोग गरेको कुरा हामी माझ छर्लंग नै छ। यसै गरि बिगत दुइ बर्ष देखि नेपाली भिते पात्रो प्रकासन गरि कुवेतमा रहेका आम प्रबाशी माझ निशुल्क वितरण गर्दै आयको कुरो पनि हामी सबैमा अबगत नै छ। अधिबेसनमा सहमति बाट नै नया कार्यसमिति चयन हुने अधिबेसन सम्याजोक समितिले बताएको छ।
आम प्रबाशी नेपालीमाझ जागरणमुलक सन्देशका दिदै नेपालको परम्परा, भाषा–संस्कृति र भेष-भूषालाई शिरोपर गर्दै सम्पूर्ण वर्ग, जात, सम्प्रदाय र क्षेत्रबाट आएका समस्त नेपालीहरु माझ बैदेशिक रोजगारमा आइपर्ने समस्यालाई पहिचान गरी कुवेतबासी नेपालीहरुलाई गोलबद्ध गरी सामाजीक कार्य गर्दै आएको जन–जागृती युवा समाज कुवेतको अधिबेसनमा सफल रहोस खाडी न्युज अग्रिम शुभकामना व्यक्त गर्दछ।
No comments:
Post a Comment