न्यूजर्सी,अमेरिका, फेब्रुअरी १४ | न्युजर्सी राज्यको बर्लिङटन काउन्टीस्थित ग्याँस स्टेशनमा कार्यरत एक नेपाली मृत अवस्थामा फेला परेका छन् | यहाँको रुट १३० र चार्ल्सटन रोड, विलिङबरोस्थित लुकोइल ग्याँस स्टेसनमा रात्रीकालीन सिफ्टमा कार्यरत ४६ वर्षीय बालकृष्ण कार्कीको मृत शरीर सोमवार बिहान सोही ग्याँस स्टेशनको बाथरुममा फेला परेको उनका जेठान सुरेश पोखरेलले ग्लोब नेपाल डटकमलाई जानकारी दिएका छन् | उनका अनुसार रातीको समय एक्लै काम गर्ने कार्कीको खुट्टामा गोली लागेको र बाथरुमभित्र टाउकोमा चोट लागेर लडिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी गराएको छ | बाथरुममा गाडीमा प्रयोग हुने ब्याट्रीले आक्रमण गरेको प्रहरीले बताएको पनि मृतकका जेठान पोखरेलले जनाए |
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment