३ फाल्गुन,काठमाडौं
ग्लोबल क्यापिटल फन्ट प्रालि को आयोजनामा बिहिवार काठमाडौं स्थित सि एण्ड डब्लु रेष्टोरेन्टको हलमा जैविक खेति बिषयक अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सह सचिव, आइपिएम कार्यक्रमका संयोजक तथा वाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देसक युवकध्वज जिसिले आइपिएम हुंदै प्राङ्गारिक खेतिमा लाग्न किसानहरुलाई सुझाब दिनुभयो । उहांले बिकासे कार्यकर्ताका कारण नेपालमा कृषि क्षेत्रको बिकास हुन नसकेकाले यस तर्फ सचेत रहन पनि किसानलाई आग्रह गर्नुभयो । रासायनिक मल तथा बिषादी न्युनिकरण गर्नु भन्दा पनि कसरि आफ्नो ब्यापार बढाउनुपर्छ भन्नेमा बिकासे भनिएका कम्पनिहरु लागेका छन् । उहाले भन्नुभयो– यसका पछाडि नलागि रासायनिक बिषादी न्युनिकरण गर्दै जैविब खेति तर्फ लाग्नुपर्छ । नेपाली किसान आत्मनिर्भर हुन पनि जैविक खेतितर्फ लाग्नुपर्ने सुझाब दिंदै जिसिले नेपालकै जैविक बिषादी तथा मल प्रयोग गर्नुपर्ने बताउनुभयो । जिसिआई प्रालिको कृषिमा लगानी गर्ने योजनालाई प्रसंसा गर्दै उहांले सरकार पनि संगै मिलेर जान तयार रहेको बताउनुभयो । तर उहांले किसान जिसिआई जस्तो प्रालि र सरकारको सम्युक्त पहल आवस्क छ भन्नुभयो । कार्यक्रमा उहांले १० पृष्ठ लामो जैबिक खेति वारे पावरप्वाइन्ट प्रस्तुति राख्नुभएको थियो ।
बिज्ञान तथा प्रबिधि मन्त्रालयका कृषि सल्लाहकार हरी बहादुर भण्डारीले सरकारले जैबिक खेति संवन्धि नीति तथा मापदण्ड नबनाई सके पनि केहि आसलाग्दा सुरुवातहरु गरेको जानकारी दिनुभयो । ढिलै भए पनि सरकारले कृषिमा बिमा गर्ने नीति ल्याएको , जैविक मल बनाउने कम्पनिलाई अनुदान दिने नीति ल्याएको र आगामि वर्षमा लगानी बढाउने तयारी गरेको जानकारी भण्डारीले बताउनुभयो । जैबिक खेति गर्ने किसानलाई मुख्य समस्या बजारको रहेकाले निरन्तर उत्पादन दिन नसके समस्या आउने उहांको भनाई थियो । जिसिआई जस्तो संस्थाले लगानि ,प्रबिधि र बजारको ब्यवस्था मिलाउने भनेकाले आंफु निकै आसावादी भएको बताउदै उहांले सबै किसान संगठित भएर जैबिक उत्पादन बृद्धि लाग्नुपर्छ भन्नुभयो ।
त्यस्तै कृषि बिभागकी बरिष्ठ तालिम अधिकृत याम कुमारी श्रेष्ठले जैबिक खेति के हो र यसको सुरुवात कसरि गर्ने भन्नेवारे कार्यक्रममा उपस्थित किसानहरुलाई बताउनुभएको थियो । सो क्रममा उहांले जैबिक खेति के हो । कसरि जमिन र माटोको छनोट गर्ने अनि प्राङ्गारिक खेतिको मापदण्ड के के हुन् भन्ने जस्ता कुराहरु प्रष्ट पार्दै माटो जिवित चिज भएकाले यसको संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– आ–आफ्नो देसको वातावरण,माटोको अवस्था अनुसार मापदण्ड निर्धारण गर्नुपर्छ । यहि मापदण्ड भन्ने हुंदैन ।
कार्यक्रममा अधिवक्ता एवं जिसिआई प्रालिका बोर्ड अफ डाईरेक्टर जस बहादुर कोख्राकले जिसिआई सदैव किसानको हित गर्न तत्पर रहेकाले नेपालमा कृषिको बिकासका लागि सम्पुर्ण काम गर्नेगरि योजना ल्याएको बताउनुभयो । जिसिआईको लक्ष्य कृषिमा नेपाललाई आत्मनिर्भर बनाई आर्थिक बृद्धि गर्ने हो । उहाले भन्नुभयो किसानका दुःद मर्का बुझेर सोहि अनुरुप कम्पनि अगाडि बढ्ने छ ।
उपत्यका वरिपरीबाट आएका ६० भन्दा बढि ब्यवसायिक जैबिक किसानको सहभागिता रहेको उक्त कार्यक्रममा उठेका जिज्ञासा एवं जैबिक उत्पादनबारे कृषि बिज्ञ तथा जिसिआई प्रालि कृषि बिभाग प्रमुख जुम गुरुङले राख्नुभएको थियो । उहांले जिसिआईले किसानलाइ तिन पोकाको रुपमा लगानी,प्रबिधि र बजार दिने र किसानबाट बिष्वास र उत्पादीत दुई वस्तुको आस गरेको बताउनुभयो । साथै जिसिआईको अरुको भन्दा सस्तोमा किसानलाई लगानी गरिने योजना रहेको पनि गुरुङले जानकारी दिनुभयो ।कार्यक्रमको सभापतित्व जिसिआईकि वरिष्ठ प्रवन्धक रेणु श्रेष्ठ, स्वागत कम्पनिका रिलेसन म्यानेजर मान बहादुर थापा र सञ्चालन कृष्ण न्यौपानले गर्नुभएको थियो ।
No comments:
Post a Comment