भरतबन्धु थापा
माघ २८ भक्तपुर वर्कस कपका लागी नेपाल पुलिस क्लब र एपी एफ क्लब बिच सोमबार भिड्न्त हुने भएको छ । भक्तपुरको शहिद स्मृती खेल मैदानमा जारी राष्टब्यापी वर्कस कप भलिवल प्रतियोगिताका लागी नेपाल पुलिस क्लब र एपी एफ भिड्ने भएका हुन् । प्रतियोगिताको पहिलो सेमी फाईनल खेलमा एपी एफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गदै फाईनलमा प्रवेश गरेको हो ।
आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एपी एफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा सहजै पराजीत गरेको थियो । खेलमा एपी एफले जावलाखेल भलिबललाई द्दछ÷ज्ञघ, द्दछ÷ज्ञद्ध र द्दछ÷ज्ञण् मा पराजित गरेका थियो
प्रतियोगिता सुरुवात देखीनै निकै नर्मस देखीएका जावलाखेलका खेलाडीहरु जब एपी एफका स्पाईकर कैलाश भट्टको बल प्रहारलाई जावखालखेलका ब्लकरलाई रोक्न हम्मे हम्मे भएको थियो ।
प्रतियोगिताको आईतबारनै भएको नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लब विचको दोस्रो सेमीफाईनल खेलमा निकै रोमान्चकारी भएको थियो । खेलको पहिलो सेट नेपाल पुलिसले आफ्नो पक्षमा पारेका थियो भने दोस्रो सेट त्रिभुवन आर्मी क्लबले आफ्नो पोल्टोमा पारेको थियो । दर्शकका साथ पाएको त्रिभुवन आर्मी क्लबले दर्शको चाहना अनुसार खेल प्रर्दशन गर्न सकेको थियन ।
त्रिभुवन आर्मी क्लबका सर्मथन गर्नका लागी आर्मीले ठुलो सख्यमा खेल मैदानमा दर्शकहरु साथमा ल्याएको थियो । खेलमा नेपाल पुलिस क्लबले द्दछ÷द्द ,द्दघ÷द्दछ, द्दट÷द्दद्ध र द्दछ÷द्दघ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेका थियो । प्रतियोगिोमा पहिलो खेलमा एपीएफ का खुसि चाधरी र दोस्रो खेलमा नेपाल पुलिस क्लबका सजय अर्याल म्यानअफ द म्याच घोषित भएका थिए । घोषित खेलाडीहरुलाई मायाको चिनो समेत प्रदान गरीएको थियो ।
प्रतियोगिताको फाईनल खेल सोमबार दिनको एक बजे नेपाल पुलिस क्लब र एपी एफ विच हुने ओयोजक समितिका अध्यक्ष गौतम लासीवाले बताए । उनले तेस्रो स्थानका लागी त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र विच विहान दश बजे हुने बताए । प्रतियोगितामा विजय टिमलाई नगद रु ५० हजार र सोही मुल्य बराबरको टफी, उप विजेतालाई नगद रु ३० हजार र सोही मुल्य बराबरको टफी तथा तेस्रो स्थान प्राप्त गर्नेलाई नगद रु २० हजार सहित सोही मुल्य बराबरको टफी र सान्तवना स्थान प्राप्त गर्नेलाई नगद रु १० हजार सहित विजेत, उपविजेत, तेस्रो र चौथो स्थना प्राप्त गर्नेलाई मेडल,प्रमाणपत्र प्रदान गरीने अध्यक्ष लासीवाले बताए।
No comments:
Post a Comment