Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 11, 2013

पथरी युवा समाज युएइको सातौ बार्षीक उत्षवको अबशरमा बनभोज


युएई /पथरी युवा समाज युएर्इले सातौ  बार्षीक उत्षवको अबशर पारेर फेब्रुअरी १५ तारीक  बनभोजको आयोजना गरि  समाजका सस्थापक तथा कलाकारलार्इ  सम्मान तथा बिदार्इ पर्ने भएको छ ।
  दुबार्इको जाबेलपार्कमा बनभोजका साथ हुने सातौ बार्षीक उत्षवको अबशर पारेर सस्थापक तथ कलाकारलार्इ   सम्मान तथा बिदार्इ  गर्न लागिएको समाजका सस्थापक मोहन नेपालले बताए । 
 पथरी युवा समाजले  फेब्रुअरी १५ तारिक  गर्न गइ रहेको  सातौ वार्षिक उत्सव संगै  बनभोज कार्यक्रममा खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम गर्दै समाजको आगामी वर्षको लागि बार्षिक योजना बनाउने कार्यक्रम रहेको समाजका अध्यक्ष कृष्ण पौडेलले बताएका छन ।
सन २००७ मा मोरंग पथरीको बिकास  निर्माण  कला सस्कृति तथा युएईमा हुने सामाजिक मानबिय सेवाको निम्ति स्थापना भएको पथरी युवा समाज युएइको स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने सस्थापकहरुलाई सकृयताका आधारमा सम्मान गर्ने कार्यक्रम रहेको समाजले बताएको छ । समाजले गत बर्ष सस्थापकहरु मोहन नेपाल तथा रमेश खड्कालाई सम्मान गरेको थियो ।
युएईमा नेपाली कला सस्कृति कार्यक्रम तथा कलाकार व्यवस्थापन गर्न प्रचलित रहेको पथरी समाजले समाजले आयोजना गर्ने बिविध कार्यक्रममा सक्रिय सहभागि रहने कलाकार युएइको रोजगरी समापन गरि नेपाल फर्किन लागेकी मिना रिजाललाई कार्यक्रममा स-सम्मान बिदाइ गर्न लागिएको समाजका सचिब रमेश खड्काले बताए । 
   
युएइमा रहेका पथरीबासी तथा पथरीलाई कार्यथलो बनाइ हाल युएइमा रहेका एबं पथरी युवा  समाज युएई सँग भावनात्मक समन्ध रहने सम्पूर्ण नेपालीलाई समाजले आयोजना गर्ने वनभोज समारोहमा सहभागी हुन समाजले अनरोध गरेको छ । कार्यक्रममा सहभागी हुन समाजले  कृष्ण पौडेल ०५५७७६२७१५, मोहन नेपाल ०५५५८३९७८७, रमेश खडका ०५५१७८७६१७  सम्पर्कका गर्नका लागी अनरोध गरेको छ ।

No comments: