Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, February 11, 2013

प्रणय दिबस बिशेस गजल

सुन्छु म प्रति कसैको, झुकाब छ रे आज भोली !
म बिना उन्को जिबन, अभाब छ रे आज भोली !!

मेरै नाममा मायाले, प्रस्ताब गर्न आगनीमा
फुलाएका थरीथरी, गुलाब छ रे आज भोली !!

चोखो माया लत्याएर, प्रेम प्रस्ताब नस्विकारे
मेरै नाम लिई मर्ने, सुझाब छ रे आज भोली !!

दुख्दा पनि हाँस्नै पर्ने, यो अभागीको कस्तो भाग्य
म भन्दा नि उन्लाई धेरै, तनाब छ रे आज भोली !!

तिम्रै याद्मा बाचेकी छु, हात समाई साथ देउ  
उन्को बिहे गरी दिने, दबाब छ रे आज भोली !!

अतित् सम्झी भन्दिनु ल, बाँच्ने आधार गाउँलेको  
दु:ख संग ज्यूँने साथी, सराब छ रे आज भोली !!

अभागी कान्छा "गाउँले"
तोपगाछी, झापा 
हाल:- मईक्रोचिप कम्प्युटर एण्ड मार्केटिंग 
दोहा - कतार

No comments: