दोहा– नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा लगायत ९ दलले मुलुकमा संयुक्तरुपमा आन्दोलन गरीरहेको अवस्थामा कतारमा क्रियाशिल ३ वटा बैचारिक संस्थाले एक संयुक्त प्रेस विज्ञप्तीमार्फत त्यसमा समर्थन र ऐक्यवद्धता जनाएका छन् ।
‘मुलुकमा राजनीतिक गतिरोधको अन्त्य गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधानसभाको निर्वाचनकोे सुनिश्चिता गर्न तथा प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्न एवं एनेकपा (माओवादी) को सर्वसत्तावादको विरुद्धमा’ सो आन्दोलन लक्षित रहेको भन्दै नेपाल लोकतान्त्रिक मञ्च, नेपाली जनसम्पर्क समिति र कतार नेपाली एकता समाजले समर्थन र ऐक्यवद्धता जनाएका हुन् ।
‘देशभक्त, राष्ट्रप्रेमी, नागरिक समाज तथा न्यायप्रेमी आमनेपाली जनसमुदायहरुलाई आ–आफ्नो क्षेत्रवाट आन्दोलनमा सरिक भई आन्दोलनलाई पुर्णरुपमा सफल वनाउन’ उनीहरूको अपिल छ । २ फेब्रुअरीमा जारी मञ्चका अध्यक्ष दिल किरण खजुम, जनसम्पर्कका सभापति विमल सुवेदी र एकता समाजका कार्यवाहक अध्यक्ष टुकनाथ शर्माद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा मुलुकको चिन्ताजनक राजनीतिप्रति दुखेसो पोखिएको छ ।
‘संविधानसभाको विघटनसंगै काम चलाउ सरकारका प्रधानमन्त्री डा. वावुराम भट्टराईको सरकारले एकलौटी रुपमा संविधानसभाको निर्वाचनको मिति गत मंसिर ७ गते घोषणा गरेको थियो तर संविधानसभाको निर्वाचन हुन नसेकोले पुःन अर्काे पटक संविधानसभाको निर्वाचन एकलौटीढंगले गराउने प्रयास गरी रहेका छन्’ विज्ञप्तिमा भनिएको छ– ‘सर्वाेच्च अदालत, निर्वाचन आयोग जस्ता संवैधानिक निकायहरु खाली हुँदै गइरहेको अवस्थामा ती निकायहरुमा पदपुर्ति नगरी निर्वाचन प्रायः असम्भव छ ।’ राष्ट्रपतिले राष्ट्रिय सहमतिको लागि ९ पटक सम्म आह्वान गर्दा समेत सहमति निर्माण गर्नको लागि वर्तमान् सत्तापक्ष एकिकृत एनेकपा (माओवादी) र मधेशी मोर्चाले अनिच्छा देखाएको तर्क गर्दै त्यसैकारण मुलुक थप संकट अवस्थामा पुगेको उनीहरूको जिकिर छ ।
‘एनेकपा (माओवादी) र मधेशी मोर्चा सम्मिलित वर्तमान सरकारले देश र जनताप्रति जिम्मेवारीबोध गर्नुको साटो स्वेच्छाचारी रुपमा राज्यशक्तिको दुरुपयोग गर्ने, भएका सहमतिहरुलाई लत्याउने र छलकपट गरी सत्ता लम्ब्याउने षड्यन्त्र गरी रहेको छ । त्यति मात्र होइन शान्ति प्रकृयाको मेरुदण्ड मानिएको १२ वुँदे सहमति समेत च्यात्ने सम्मको धम्की दिनु र सरकारमा वसेर प्रतिपक्षको विरुद्धमा आन्दोलन गर्नु भनेको माओवादी सर्वसत्तावादको पराकाष्ट हो’ विज्ञप्तिमा भनिएको छ । ‘पत्रकार डेकेन्द्रराज थापाको हत्याराहरुलाई कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाउने सरकारी वकिल र प्रहरी कर्मचारीलाई धम्क्याउने, उनीहरुका फोन सम्बादको विवरण माग गरी आतंकित तुल्याउने तथा विपक्षी दलका नेता र कार्यकर्ताहरुलाई थुन्ने धम्की दिदै राज्य आतंक फैलाउने प्रधानमन्त्री भट्टराईको फासीबादी क्रियाकलाप एवं अभिव्यक्तिको हामी घोर भत्र्सना गर्दछौं’ विज्ञप्तिमा लेखिएको छ– ‘काम चलाउ सरकारका जनविरोधी, राष्ट्र विरोधी, तानाशाही एवं सर्वसत्तावादी क्रियाकलापहरु तत्काल बन्द गर्न हामी जोडदार माग गर्दछौं ।’
No comments:
Post a Comment